कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने – Naya Bikalpa
July 5, 2026, Sunday      Epaper

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न भई महाधिवेशनका सम्पूर्ण निर्वाचन प्रक्रियामा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने विषयमा सहमति जुटाइएको हो । बैठकले मतदाता व्यवस्थापनदेखि मतदान प्रक्रियासम्म डिजिटल प्रणाली अपनाउने र सम्भव भएसम्म विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले महाधिवेशनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधारहरू अघि बढाउने निष्कर्षसमेत निकालेको छ ।

समितिले प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ ।

सम्बन्धित समाचार

सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
  • २०८३ असार २१, २१: १०

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...

सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
  • २०८३ असार २१, २१: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको...

प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
  • २०८३ असार २१, २१: १०

काठमाडौँ : लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष तथा अन्य विपक्षी दलहरूले सामूहिक रूपमा बहिष्कार गरेपछि कार्यवाही रोकिएको छ...