नर्वेको ऐतिहासिक जित : ब्राजिललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

नर्वेको ऐतिहासिक जित : ब्राजिललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

रोमाञ्चक प्रतिस्पर्धामा नर्वेका स्टार खेलाडी एर्लिङ हालान्डले खेलको ७९औं र ९०औं मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

ब्राजिलका लागि Neymar ले इन्जुरी समयमा सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पाँच पटकको विश्वविजेता ब्राजिल भने यस हारसँगै विश्वकपबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ असार २२, ०८: ३४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ असार २२, ०८: ३४

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८३ असार २२, ०८: ३४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...