मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान करिब ७ः३० बजे सोही स्थानमा पहिलोपटक पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। करिब पाँच घण्टाको प्रयासपछि सडक सञ्चालनमा ल्याइएको भए पनि डेढ घण्टा नबित्दै पुनः पहिरो खसेपछि सडक बन्द भएको थियो।

दोस्रोपटक खसेको पहिरो हटाएर करिब एक घण्टापछि यातायात सञ्चालनमा ल्याइएको थियो। तर साँझ करिब ६ बजे पुनः सुख्खा पहिरो खसेपछि सडक फेरि अवरुद्ध बनेको हो।

हाल सडक डिभिजन कार्यालयले इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलमा खटाएको छ। पहिरो हटाएर सडक यथाशीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको र सडक खुल्न करिब एकदेखि दुई घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।

सडक डिभिजनले उक्त क्षेत्रमा अझै पनि पहिरोको जोखिम उच्च रहेको जनाउँदै अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नुपर्ने अवस्था आएमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ श्रावण १२, १९: २२

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण १२, १९: २२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ श्रावण १२, १९: २२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...