साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति – Naya Bikalpa
August 20, 2026, Thursday      Epaper

साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जान साउन महिनामा ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन् ।

साउनमा ४२ हजार ६ सय ९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।यस्तै, म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत रूपमा १२ हजार ४ सय ४२ जनाले श्रम स्वीकृति लिएका छन् भने ‘जीटुजी’ प्रक्रियामार्फत ७ सय १२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै श्रम स्वीकृति संयुक्त अरब इमिरेट्स (यूएई) का लागि जारी भएको छ । विभागका अनुसार साउनमा यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् ।त्यस्तै, मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो महिनाको तुलनामा साउनमा श्रम स्वीकृति लिनेको संख्या १ हजार ७९ ले बढेको छ ।गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।

सम्बन्धित समाचार

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
  • २०८३ भाद्र ३, १४: ०८

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान,...

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
  • २०८३ भाद्र ३, १४: ०८

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त...

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र ३, १४: ०८

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...