
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार बिहान कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
पछिल्लो एक घन्टामा वीरेन्द्रनगरमा ६.८ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो चौबीस घन्टामा दैलेखको ग्वाटीमा १०२.८ मिलिमिटर, पर्वतको पचासेमा १०८.६ मिलिमिटर, सिन्धुपाल्चोकको तार्केघ्याङमा ७५.६ मिलिमिटर वर्षा मापन भएको छ।
अन्य विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।
बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा दिउँसो मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहको छ।
दिउँसो नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|
बिहीबार राति देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने अनुमान छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको...
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव पाँचबुँदे सहमतिपछि साम्य...
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा मेडिकल कलेज तथा भारतीय प्रविधि संस्थान (आईआईटी) स्थापना गर्न भारत सरकारसँग...