राप्रपा बागमती प्रदेशसभा सदस्य उद्धव थापालाई केन्द्रीय समितिदेखि संसदीय दलबाटै कारबाही हुँदै – Naya Bikalpa
August 19, 2026, Wednesday      Epaper

राप्रपा बागमती प्रदेशसभा सदस्य उद्धव थापालाई केन्द्रीय समितिदेखि संसदीय दलबाटै कारबाही हुँदै

काठमाडौं : राप्रपा बागमती प्रदेशसभा सदस्य उद्धव थापालाई केन्द्रीय समितिदेखि संसदीय दलबाटै कारबाही हुने भएको छ । थापाले व्यक्तिगत लेटरप्याड प्रयोग गरेर पार्टीको आधिकारिक निर्णयविपरीत कदम चालेपछि उनीमाथि कारबाही हुने भएको हो ।

राप्रपा र नेमकिपा तटस्थ बसेकै कारण नेपाली कांग्रेस बगामती प्रदेश साभपति इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर यही मोडमा राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले व्यक्तिगत लेटरप्याड प्रयोग गरेर पार्टीको आधिकारिक निर्णयविपरीत कदम चाल्दा समीकरण उल्ट्याउन खोजे पनि कार्यान्वयन हुने देखिँदैन। उनले राप्रपाको व्यक्तिगत लेटरप्याड प्रयोग गर्दै निजी स्वार्थमा सरकार गठनमा समर्थन रहेको भन्दै पत्र सार्वजनिक गरे, जुन पार्टी केन्द्रको स्पष्ट निर्देशनको ठाडो अवज्ञा थियो।

राप्रपाले यसअघि नै ‘सरकार गठनको गणितीय खेल’मा नजाने र तटस्थ रहने निर्णय गरिसकेको थियो। पार्टीले भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको थियो।

यस्तो अवस्थामा थापाको कदम केवल अनुशासन उल्लंघन मात्र नभई राजनीतिक रूपमा योजनाबद्ध हस्तक्षेपको रूपमा समेत हेरिएको छ। पार्टीभित्रै पनि यो प्रश्न उठ्न थालेको छ—के यो व्यक्तिगत निर्णय मात्रै थियो, वा कांग्रेस नेतृत्वको सरकार बन्ने प्रक्रिया रोक्ने नियतसहित चालिएको चाल ?

थापाको कदमपछि बागमतीको सत्ता समीकरणमा अन्योल थपिएको छ।

राप्रपाले स्पष्ट रूपमा उक्त समर्थनलाई अस्वीकार गर्दै प्रदेश प्रमुखलाई पनि त्यस्तो पत्रलाई मान्यता नदिन आग्रह गरिसकेको छ।

संसदीय दलको निर्णयविरुद्ध राप्रपा बागमतीका प्रदेशसभा सदस्य उद्धव थापाले व्यक्तिगत लेटरपायड प्रयोग गरेर गरेको समर्थन लागू गर्न नमिल्ने पार्टीले बताएको छ ।

राप्रपाले स्पष्ट पारेको छ कि संसदीय दलका नेताले व्यक्तिगत रूपमा लेटरप्याड प्रयोग गरी बुझाएको पत्र पार्टीको आधिकारिक निर्णय होइन। त्यस्तो पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध गरिएको र यस विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

पार्टीको निर्णयविपरीत कार्य भएको भन्दै उक्त कदमप्रति आपत्ति जनाइएको छ। साथै, पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको संकेत गर्दै सम्बन्धित नेतामाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया सुरु भइसकेको उल्लेख छ।

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीको नीतिगत निर्णयबारे कुनै भ्रममा नपर्न सम्पूर्ण नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई अपिल गरिएको छ। राप्रपाले आगामी दिनमा पार्टी अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने संकेत समेत दिएको छ।

सम्बन्धित समाचार

जाजरकोट–रुकुमका भूकम्पपीडितको आवास अनुदानसम्बन्धी व्यवस्था संशोधन गरिँदै
जाजरकोट–रुकुमका भूकम्पपीडितको आवास अनुदानसम्बन्धी व्यवस्था संशोधन गरिँदै
  • २०८३ भाद्र ३, २०: ३२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको तयारी भइरहेको बताएका छन्...

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
  • २०८३ भाद्र ३, २०: ३२

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र ३, २०: ३२

काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...