प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता – Naya Bikalpa
August 19, 2026, Wednesday      Epaper

प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काम तथा उपलब्धिलाई प्राथमिकता दिइएको छ ।

प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलगायतसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थ भएकाले तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

प्रधानमन्त्री शाहले सोही अवसरमा नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सम्बन्धित समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
  • २०८३ भाद्र ३, १७: ३६

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र ३, १७: ३६

काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री...

सांसदहरूको बोलीले विवाद भए पनि सम्हालेर अघि बढ्छौँ : रवि लामिछाने
सांसदहरूको बोलीले विवाद भए पनि सम्हालेर अघि बढ्छौँ : रवि लामिछाने
  • २०८३ भाद्र ३, १७: ३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई...