
काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका प्राविधिक उपरथी विश्वबन्धु पहाडी र प्राविधिक महासेनानी डा. इन्दिरा आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. आचार्यलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे ।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो । पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित...
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही गरेको छ...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायक (आईएसपी) को अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको...