मधेशमा मेडिकल कलेज र आईआईटी स्थापना गर्न भारतसँग मुख्यमन्त्री यादवको माग – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

मधेशमा मेडिकल कलेज र आईआईटी स्थापना गर्न भारतसँग मुख्यमन्त्री यादवको माग

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा मेडिकल कलेज तथा भारतीय प्रविधि संस्थान (आईआईटी) स्थापना गर्न भारत सरकारसँग माग गरेका छन् ।

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार जनकपुरधाममा आयोजित ‘नेपालको वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध’ विषयक एकदिने विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले भारतको प्रख्यात अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को शाखा तथा आईआईटीको शाखा मधेश प्रदेशमा स्थापना गरिदिन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशसहित नेपालमा भारतले गर्दै आएको विभिन्न सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । नेपाल र भारतबीचको सम्बन्ध पौराणिक कालदेखि नै रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहकार्य आवश्यक रहेको बताए ।

भारतसँग सबैभन्दा नजिक रहेको प्रदेश भएकाले मधेशका जनताका लागि भारतले विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक जटिलताका कारण भारतले उपलब्ध गराउँदै आएको सहयोग प्रदेश सरकारसम्म प्रत्यक्ष रूपमा पुग्न नसकी केन्द्र सरकारको प्रक्रियामा अल्झिने गरेको गुनासो गर्दै यादवले भारतले प्रदान गर्ने आर्थिक सहयोग सोझै प्रदेश सरकारमार्फत कार्यान्वयन हुने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका कन्सुलर जनरल डा. एस. मिनाले भारतले नेपालमा विगतका वर्षमा विभिन्न क्षेत्रको विकासका लागि गर्दै आएको सहयोगबारे जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ भाद्र ४, २०: ४७

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र ४, २०: ४७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ भाद्र ४, २०: ४७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...