जनकपुरधामका राजगुठी पोखरी आसपासका ६५ अनधिकृत संरचनामा डोजर चलाइँदै – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

जनकपुरधामका राजगुठी पोखरी आसपासका ६५ अनधिकृत संरचनामा डोजर चलाइँदै

जनकपुरधामका राजगुठीअन्तर्गत रहेका पोखरी आसपास अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु गरिएको छ।

केन्द्र सरकारको टोलीले गत साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीको डिलमा निर्माण गरिएका संरचना हटाउन थालिएको हो।

प्रतिवेदन कार्यान्वयन समितिका सदस्यसचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा कच्ची, आंशिक र पक्की गरी ६५ वटा अनधिकृत संरचना हटाइनेछ। शनिबार गोरधोई पोखरी, बिसहरा पोखरी, रत्नसागर पोखरीलगायत सातवटा पोखरी आसपासका संरचना हटाउने काम सुरु गरिएको उनले जानकारी दिए।

२०६२ सालको प्रतिवेदनअनुसार जनकपुरधामका ४९ वटा पोखरी आसपास अतिक्रमण गरी घर तथा टहरा निर्माण गरिएको उल्लेख छ। ती अतिक्रमित संरचना क्रमशः हटाउँदै जाने पोखरेलले बताए।

पोखरी आसपासका संरचना पूर्ण रूपमा अतिक्रमणमुक्त भएपछि दोस्रो चरणमा मन्दिर परिसरलगायत अन्य स्थानमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइने उनले जानकारी दिए।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ भाद्र ६, १०: ४७

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८३ भाद्र ६, १०: ४७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८३ भाद्र ६, १०: ४७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...