सभापति, उपसभातिलगायत विशेष महाधिवेशनका नेतृत्वमा रहेका अधिकांश शीर्ष नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

सभापति, उपसभातिलगायत विशेष महाधिवेशनका नेतृत्वमा रहेका अधिकांश शीर्ष नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका सभापति, उपसभाति लगायत विशेष महाधिवेशनका नेतृत्वमा रहेका अधिकांश शीर्ष नेताहरु पार्टीको १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस सभापति काठमाडौं क्षेत्र नं. ४ को काठमाडौं महानगरपालिका वडा नं. ३० बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै उपसभापति विश्वप्रकाश शर्मा झापा १ को मेचीनगर नगरपालिका वडा नं ९ बाट पार्टीको १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलगायत विशेष महाधिवेशनका नेतृत्व रहेका अधिकांश शीर्ष नेताहरु निर्विरोध निर्वाचित भएका छन् ।

वडामा आज सम्पन्न वडा अधिवेशनबाट शर्मा निर्वाचित भएका हुन् । पार्टीको केन्द्रीय समितिमा रहेकाहरूले पनि पार्टीको अरु सदस्य सरह वडा तहबाटनै निर्वाचित भएर , त्यसपछि क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने वैधानिक प्रावधान छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०८३ आश्विन ४, ११: ५७

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०८३ आश्विन ४, ११: ५७

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०८३ आश्विन ४, ११: ५७

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...