कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ । केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको तयारी स्वरूप जारी अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनमा ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ । सहभागी कार्यकर्ता र प्रतिनिधिहरूको सक्रिय सहभागिताले अधिवेशनलाई थप गतिशील बनाएको बताइएको छ ।

यद्यपि केही जिल्ला र निर्वाचन क्षेत्रमा भने अधिवेशन बाँकी रहेको छ । रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र परासी क्षेत्र नम्बर २ मा अझै प्रक्रिया पूरा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

समिति सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार बाँकी रहेका सबै वडा अधिवेशन असोज ५ गते पनि निरन्तर सञ्चालन हुनेछन् । निर्धारित कार्यतालिका अनुसार प्रक्रिया सम्पन्न गर्न सम्बन्धित जिल्लाका सरोकारवालालाई समितिले आग्रह गरेको छ ।

कांग्रेसले १५औं महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन वडा तहदेखि नै चुनावी गतिविधि तीव्र बनाउँदै लगेको जनाएको छ ।

May be an image of text

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०८३ आश्विन ४, १८: ५८

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०८३ आश्विन ४, १८: ५८

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
  • २०८३ आश्विन ४, १८: ५८

काठमाडौं : भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज...