एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता कायमै – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता कायमै

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा नेपाली खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जित्दै नेपालको पदक तालिकामा खाता खोलेका हुन्।

पाँचौँ दिनको खेल सकिँदा चीनले पदक तालिकामा आफ्नो अग्रता थप फराकिलो बनाएको छ। चीनले हालसम्म ४८ स्वर्ण, २० रजत र १० कांस्य गरी कुल ७८ पदक जितेको छ।

घरेलु टोली जापान १५ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ६७ पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया आठ स्वर्ण, आठ रजत र २५ कांस्य गरी ४१ पदकसहित तेस्रो स्थानमा रहेको छ।

काजकिस्तान सात स्वर्ण, चार रजत र आठ कांस्यसहित १९ पदक जितेर चौथो स्थानमा छ। त्यस्तै, थाइल्यान्ड पाँच स्वर्ण, तीन रजत र चार कांस्यसहित १२ पदकका साथ पाँचौँ स्थानमा रहेको छ।

नेपालले भने तेन्जिङ शेर्पाको कांस्य पदकसँगै प्रतियोगितामा आफ्नो पदकको खाता खोलेको हो।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०८३ आश्विन ८, ०८: ०२

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०८३ आश्विन ८, ०८: ०२

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०८३ आश्विन ८, ०८: ०२

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...