ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि मिति २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित संघलाई पत्राचार गरिएको स्मरण गराइएको छ । पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ ।

सम्बन्धित समाचार

एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात
एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात
  • २०८३ कार्तिक १०, १८: ११

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि...

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • २०८३ कार्तिक १०, १८: ११

गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको...

प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
  • २०८३ कार्तिक १०, १८: ११

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन्...