एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको हो ।

लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो । यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन ।

लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । यस्तै आसिफ शेखले ३२ रन बनाए । निरोसन डिकवेलाले ७ रन बनाए । कप्तान रोहित पौडेल ५ रन र समिम हुसेन १ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि अनिल खरेलले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए । ओपनर सेफ जेबले १३ रन बनाए ।

लुम्बिनीका लागि किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । साड्ली भान साल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

सम्बन्धित समाचार

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • २०८३ कार्तिक १०, १९: ५५

गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको...

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
  • २०८३ कार्तिक १०, १९: ५५

काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन...

प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
प्रधानमन्त्री शाहले गरे एनपिएलको उद्‍घाटन
  • २०८३ कार्तिक १०, १९: ५५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन्...