एनपीएलमा आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एनपीएलमा आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । विराटनगर पाँचौँ स्थानमा रहँदै आएको छ । यस्तै, पोखरा पाँच खेलमध्ये एक खेलमा मात्र जित निकाल्दै चार खेलमा पराजित भएको छ । पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।

यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।

अंक तालिकामा कर्णाली सातौँ स्थानमा रहेको छ भने लुम्बिनी तेस्रो स्थानमा छ । दुवै टोली आजको खेल जित्दै आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

सम्बन्धित समाचार

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०८३ कार्तिक २७, ०८: १२

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं–सुदूरपश्चिम र जनकपुर–चितवन भिड्दै
  • २०८३ कार्तिक २७, ०८: १२

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगर विजयी
सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगर विजयी
  • २०८३ कार्तिक २७, ०८: १२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलेलाई ४ विकेटले पराजित गरेकाे छ । जितका लागि पोखरा...