सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगर विजयी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगर विजयी


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलेलाई ४ विकेटले पराजित गरेकाे छ । जितका लागि पोखरा एभेन्जर्सले दिएकाे १३३ रनको लक्ष्य विराटनगर किंग्सले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे ।

विराटनगरकाे याे तेस्राे जित हाे । विराटनगर ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पोखराले भने आफ्नो ६ वटा खेलमा एक मात्र खेल जितेर २ अंकसहित तालिकाको पुछारमा छ ।

पोखराको भने छैटौं खेलमा यो पाँचौ हार हो । यो हारसँगै पोखरा प्लेअफ होडबाट बाहिरिएको छ ।

विराटनगरका लागि बसिर अहमदले ३७ रन बनाए । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे । इसुरु उडानाले १२ बलमा अविजित २५ रन योगदान गरे । उनले विजयी चौका प्रहार गरेका थिए ।

बलिङमा पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा विपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा समेटिएको थियाे ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेपछि पोखरा सस्तैमा समेटिएको हो । उनले ह्याट्रिकसहित ६ विकेट लिँदै पोखराको ब्याटिङ धराशायी बनाए ।

सन्दीप यस सिजन एनपीएलमा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । उनले प्रतियोगिताको आफ्नो छैटौँ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

पोखरा एभेन्जर्सका युवराज सिंह साम्राले अर्धशतक प्रहार गरेपनि त्याे जितका लागि पर्याप्त हुन सकेन । उनले ४७ बलमा ४ चाैका र ५ छक्कासहित सर्वाधिक ८४ बनाए ।

यस्तै, धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखराका कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता समेत खोल्न सकेनन् ।

पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगर कप्तान लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट हात पारे ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८३ कार्तिक २७, १६: १९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८३ कार्तिक २७, १६: १९

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ कार्तिक २७, १६: १९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...