
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ। शनिबार सार्वजनिक स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार देशभर हालसम्म ११ हजार ६१३ जनामा संक्रमण पुष्टि भएको छ।
तथ्यांकअनुसार संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ भने ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै, १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन्। संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ।
संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो। डीआर कंगोमा देखिएको यो प्रकोप अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ।
विश्वव्यापी रूपमा हेर्दा सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोप हो।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...