भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको टोलीसहित हिजो नयाँदिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट, छलफल तथा सम्झौता र सहमतिसम्बन्धी कार्यक्रम सम्पन्न गरी उनी आज स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए ।

भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गर्दै भारतीय समकक्षी मोदीप्रति आभार व्यक्त गरेका हुन् ।

भारतको औपचारिक भ्रमणका क्रममा भएका भेटघाट तथा आतिथ्यका लागि उनले धन्यवाद दिएका हुन् ।

सम्बन्धित समाचार

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०८३ मंसिर ८, १९: १९

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
  • २०८३ मंसिर ८, १९: १९

नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको...

भैरहवा एयर रुटमा भारतको सहमति
भैरहवा एयर रुटमा भारतको सहमति
  • २०८३ मंसिर ८, १९: १९

काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत...