अब विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त ! – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

अब विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त !


काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैधतामाथि उठेको विवादको कानुनी तथा व्यावहारिक औचित्य समाप्त भएको वरिष्ठ कानुन व्यवसायी ऐदुकुमार खनालले बताएका छन् ।

विशेष महाधिवेशनबाट सुरु भएको सांगठनिक प्रक्रिया नियमित महाधिवेशनसम्म पुगिसकेको र त्यसबाट गठित केन्द्रीय कार्यसमितिको नामावली निर्वाचन आयोगबाट समेत अद्यावधिक भइसकेकाले पुरानो विवादको औचित्य नरहेको उनको भनाइ छ ।

खनालका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम नेपाली कांग्रेसको नियमित महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको नामावली निर्वाचन आयोगले अद्यावधिक गरी त्यससम्बन्धी पत्र पार्टीको केन्द्रीय कार्यालय सानेपामा पठाइसकेको छ ।

उनले यसलाई कुनै अस्थायी वा अनौपचारिक व्यवस्था नभई राजनीतिक दलको सांगठनिक परिवर्तनलाई कानुनी अभिलेखमा अद्यावधिक गर्ने नियमित वैधानिक प्रक्रिया भएको बताएका छन् ।

नयाँ सांगठनिक संरचना स्थापित भइसकेको अवस्थामा विशेष महाधिवेशन वैध थियो वा अवैध भन्ने विगतको विवादको व्यावहारिक तथा कानुनी औचित्य स्वतः समाप्त भएको खनालको तर्क छ ।

सर्वोच्च अदालतले पनि विभिन्न विवादमा मुद्दाको आधारभूत परिस्थिति परिवर्तन भई मागदाबीको औचित्य समाप्त भएको अवस्थामा मुद्दा निरूपणको प्रयोजन नरहने र मुद्दा निष्प्रयोजन हुने सिद्धान्त प्रतिपादन गर्दै आएको उनले उल्लेख गरेका छन् । प्रस्तुत विवादमा पनि पछिल्लो सांगठनिक तथा कानुनी अवस्थाका आधारमा यही सिद्धान्त आकर्षित हुने उनको भनाइ छ ।

विशेष महाधिवेशनको वैधतामाथि उठाइएको विवादलाई निरन्तरता दिनु विगतको विवादलाई जीवित राख्ने प्रयास मात्र हुने खनालले बताएका छन् । नियमित महाधिवेशन हुँदै नयाँ केन्द्रीय कार्यसमितिको नामावली निर्वाचन आयोगबाट समेत अद्यावधिक भइसकेपछि अदालतमा विचाराधीन विवादको औचित्य र प्रयोजन समाप्त भएको मान्नुपर्ने उनको तर्क छ ।

खनालले अब नेपाली कांग्रेस विगतका विवाद, आरोप–प्रत्यारोप र गुटगत आग्रहबाट माथि उठेर संगठनको एकता र सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन् । साथै, भावी राजनीतिक चुनौतीको सामना गर्न पार्टीले सम्पूर्ण शक्ति लगाउनुपर्ने उनको सुझाव छ ।

राजनीतिमा विवादभन्दा सहमति, व्यक्तिभन्दा संगठन र विगतका विवादमा अल्झिनुभन्दा भविष्यको बाटो निर्माण गर्नु महत्वपूर्ण हुने उनको धारणा छ ।

सम्बन्धित समाचार

बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी
बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी
  • २०८३ मंसिर ११, ०७: ५१

काठमाडौं : व्यक्तिगत लाभ लिएको आरोप निराधार, बैंकिङ कारोबार नियमित र पारदर्शी रहेको जिकिर गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली...

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८३ मंसिर ११, ०७: ५१

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...

आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
  • २०८३ मंसिर ११, ०७: ५१

हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...