
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगको बैठकले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय कार्यसमिति र संशोधित विधानसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
चुनदेवी कांग्रेसले समानन्तर गतिविधि चलाइरहँदा आयोगले कांग्रेसको विवरण अद्यावधिक गरेपछि चुनदेवी कांग्रेसलाई झड्का लागेको छ ।
सर्वोच्च अदालतले समेत गत वैशाखमा गगन थापा नेतृत्वकै कांग्रेस वैधानिक रहेको फैसला गरेको थियो ।
यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने सर्वोच्चमा मुद्दा रहेकै कारण समानन्तर गतिविधि सञ्चालन गरिरहेको छ ।
देउवा पक्षले कांग्रेसकै झन्डा प्रयोग गरेर छुट्टै महाधिवेशन गर्दै छ । यसरी विधान विपरीत कार्य गरेका नेता तथा जनप्रतिनिधिलाई कांग्रेसले कारबाही गर्ने तयारी गरेको छ ।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
महाधिवेशन सम्पन्न भएपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते निर्वाचन आयोग पुगेर पार्टीको विधान संशोधन, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक राजनीतिक दस्तावेज र अन्य निर्णयहरू बुझाएको थियो । सोही क्रममा नयाँ नेतृत्व र विधानलाई पार्टीको आधिकारिक अभिलेखमा अद्यावधिक गर्न निवेदनसमेत दिइएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले आफ्नो पदाधिकारी वा नेतृत्वमा परिवर्तन गरे त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ । प्राप्त विवरण र आवश्यक कागजातका आधारमा आयोगले दल दर्ता किताबमा पदाधिकारी परिवर्तन तथा विधानसम्बन्धी विवरण अद्यावधिक गर्ने गर्छ ।
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११...
त्रिशूली (नुवाकोट) : भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घर भाडाबापतको रकम वितरण सुरु गरिएको छ । संघीय सरकारले बाढी...
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन...