आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट – Naya Bikalpa
November 24, 2026, Tuesday      Epaper

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले उक्त नियुक्ति कानुन र निर्धारित प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।

अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दिएका हुन् । निवेदनमा आनी छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा विवाद तथा मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्ति वैधानिक नभएको जिकिर गरिएको छ । साथै, नियुक्ति बदर गर्न अदालतसँग माग गरिएको छ ।

अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको कानुनी आधारमाथि प्रश्न उठाउँदै संगठनले यसअघि पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । पटक–पटक खबरदारी गर्दा पनि सरकारले त्यसलाई बेवास्ता गरेको उनको भनाइ छ ।

सरकारले डोल्मालाई दलबलसहित लुम्बिनी विकास कोषमा उपस्थित गराएर पदभार ग्रहण गर्ने वातावरण बनाएको भन्दै अभियानले असन्तुष्टि जनाएको छ । नियुक्ति प्रक्रिया कानुनसम्मत भए–नभएको न्यायिक परीक्षण गराउन र विधिको शासन कायम गर्न रिट दायर गरिएको अभियानले जनाएको छ । उक्त रिटमाथि सुनुवाइका लागि भोलि ९ गतेको पेशी तोकिएको अभियानले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
  • २०८३ मंसिर ९, १४: ०४

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन...

अयोध्याबाट छुटेको रेल जनकपुरधाममा आइपुग्यो
अयोध्याबाट छुटेको रेल जनकपुरधाममा आइपुग्यो
  • २०८३ मंसिर ९, १४: ०४

काठमाडौं : भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको...

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि
  • २०८३ मंसिर ९, १४: ०४

काठमाडौं : दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मंसिर १६ गते हुने भए पनि केही खेल...