बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी – Naya Bikalpa
November 26, 2026, Thursday      Epaper

बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग भएको बानियाँको दाबी


काठमाडौं : व्यक्तिगत लाभ लिएको आरोप निराधार, बैंकिङ कारोबार नियमित र पारदर्शी रहेको जिकिर गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ र उनको परिवारसँग सम्बन्धित बैंकिङ कर्जा अपचलन तथा आर्थिक अनियमितताका विषयमा सार्वजनिक कुराहरु गलत र भ्रामक भएको बानियाँले दाबी गरेका छन् ।

बानियाँका परिवारसँग सम्बन्धित विभिन्न कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नियमित अवस्थामा रहेको जनाएको छ । कुनै पनि कर्जा खराब कर्जामा परिणत नभएको र कर्जा असुलीका लागि बैंकले ताकेता वा धितो लिलाम गर्नुपर्ने अवस्था नरहेको बानियाँको भनाइ छ ।

बैंकबाट कर्जा लिँदा जग्गाजमिन, शेयर तथा व्यक्तिगत जमानीलगायत आवश्यक सुरक्षण राखिएको र प्रचलित बैंकिङ प्रक्रिया पूरा गरेरै कर्जा प्रवाह भएकोले कम्पनीका सम्पूर्ण आर्थिक कारोबारसमेत बैंकिङ प्रणालीमार्फत नै गरिएको दाबी गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूगर्भ सिमेन्ट, बानियाँ निर्माण सेवा र बानियाँ सप्लायर्स गरी तीनवटा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा बानियाँ निर्माण सेवाका सञ्चालक प्रहरी हिरासतमा छन् ।

कम्पनीको आर्थिक कारोबारका क्रममा सञ्चालकले पुँजी थप्ने, आवश्यकताअनुसार रकम उपलब्ध गराउने र कम्पनीको आर्थिक अवस्था अनुसार उक्त रकम फिर्ता लिने प्रक्रिया सामान्य व्यावसायिक अभ्यास भएको र व्यक्तिगत खातामा रकम देखिँदैमा त्यसलाई कर्जा अपचलन वा व्यक्तिगत लाभका रूपमा व्याख्या गर्नु उचित नहुने बैंकिङ क्षेत्रका जानकार व्यक्तिहरु बताउँछन् । बैंकिङ्ग ‘कारोबारलाई यसरी व्याख्या गर्ने हो भने नेपालका अधिकांश ऋणीलाई मुद्दा लगाउदै जानुपर्ने बैंकिङ क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरुले जिकिर गरेका छन ।

भूगर्भ सिमेन्टसँग सम्बन्धित आर्थिक कारोबारसमेत बैंकिङ प्रणालीमार्फत नै सम्पन्न भएको र हाल कुनै लेनदेन बाँकी नरहेको वानियाले दावि गरेका छन । त्यसैगरि बानियाँ निर्माण सेवा र बानियाँ सप्लायर्सबीचको कारोबार पनि व्यावसायिक आवश्यकता तथा पारिवारिक सम्बन्धका आधारमा हुँदै आएको पारिवारिक स्रोतले दाबी गरेको छ । सीआईबीले बैंकिङ कसुर तथा कर्जा अपचलनसम्बन्धी विषयमा अनुसन्धान गरिरहेका बेला सार्वजनिक भएका आरोपहरु अनुमानका भरमा भएकोले बैंकको कर्जा विवरण, वित्तीय अभिलेख तथा कारोबारका आधिकारिक प्रमाणका आधारमा छानबिन गरेर मात्रै यस्ता विषयहरु बाहिर आउनु पर्नेमा विभिन्न भ्रमक कुराले पिडितको चरित्र हत्या हुने, अनुमान र आशंकाकै भरमा सामाजिक सञ्जालमा बढाईचढाई अवफाह फैलाउनु जायज नहुने -बानियाँका सहयोगी सुजन विडारि बताउछँन् ।

उनका अनुसार व्यवसायिक संस्थाले लिने हरेक ऋण र लगानी राज्यको नियमभित्रै रहेर गरिरहेकोले त्यही दायरामा बिएनएस र सम्बन्धित कम्पनीले काम गरेको देखेको बताएका छन् । उनका अनुसार कम्पनीका संचालकसंग पारिवारिक नाता भएका कसैको ईमान, ईज्जत र ख्यातीलाई कमजोर बनाउने खेल हो कि जस्तो लागेको बताउँदै उनले भने-‘यस्तो खेलमा राज्य संयन्त्र लाग्दा व्यवसायिक वातावरण खलबल्लिने खतरा वढ्ने आशङ्का वढेर जाने देखिन्छ ।

त्यसैले २५ अर्ब रुपैयाँभन्दा बढीका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी पाएको कम्पनी र त्यसका सञ्चालकलाई व्यक्तिगत रिसइबीका आधारमा अनावश्यक दुःख दिने कार्यले देशको विकास निर्माणमा समेत नकारात्मक असर पार्न सक्ने सम्वन्धित व्यक्तिहरु बताउँछन् । राजनीतिक र व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित भएर गरिने यस्ता विषयमा सरकार तथा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान पुराउन उनीहरूले आग्रह समेत गरेका छन् ।

कम्पनीसँग आवद्ध अनुसन्धानलाई निश्पक्ष्य छानविन नगरि अन्तिम निष्कर्ष नआउँदै कसैलाई कर्जा अपचलनमा संलग्न रहेको ठहर गर्नु न्यायोचित नहुने उल्लेख गर्दै उनीहरूले वास्तविक वित्तीय कारोबार, बैंकका अभिलेख र आधिकारिक प्रमाणबाट नै सम्पूर्ण विषय स्पष्ट हुने विश्वास व्यक्त गरेका छन् ।

अनुसन्धानमा रहेको विषयमा गरिने ‘मिडिया ट्रायल’ले कसैलाई फाइदा नपुग्ने भएकाले अनुसन्धान प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढाउन, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र आधिकारिक निष्कर्ष नआएसम्म संयमित हुन सञ्चारमाध्यम र सरोकारवाला सबैमा आग्रह गरिएको छ । राज्यले गर्ने अनुसन्धानमा बानियाँ निर्माण सेवासहित सम्बन्धित सबै कम्पनीले सहयोग गरिरहेको स्पष्ट हुन समेत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

अब विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त !
अब विशेष महाधिवेशनको वैधता विवादको औचित्य समाप्त !
  • २०८३ मंसिर ११, ०७: ५७

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैधतामाथि उठेको विवादको कानुनी तथा व्यावहारिक औचित्य समाप्त भएको वरिष्ठ कानुन व्यवसायी ऐदुकुमार खनालले...

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८३ मंसिर ११, ०७: ५७

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...

आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
  • २०८३ मंसिर ११, ०७: ५७

हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...