दशौं राष्ट्रिय खेलकुद :आर्मी र कोशी  सेमिफाइनलमा – Naya Bikalpa
November 29, 2026, Sunday      Epaper

दशौं राष्ट्रिय खेलकुद :आर्मी र कोशी  सेमिफाइनलमा

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली सेनाको राजदल गणको खेलमैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।

खेलको ५१औं मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ६८औं मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपिएफ र कोशी प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलसहित फाइनल खेल जुम्लामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

सम्बन्धित समाचार

चोभार सबस्टेसन सञ्चालनमा
चोभार सबस्टेसन सञ्चालनमा
  • २०८३ मंसिर १४, १६: ५७

काठमाडौं : काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ...

लुम्बिनीले कर्णालीलाई ६५ रनले हरायो
लुम्बिनीले कर्णालीलाई ६५ रनले हरायो
  • २०८३ मंसिर १४, १६: ५७

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । आइतबार कालुङ्चोक...

कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र २५ तथा पुस ४ र ५ मा हुने
कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ र २५ तथा पुस ४ र ५ मा हुने
  • २०८३ मंसिर १४, १६: ५७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुंगो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय...