
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ ।
आइतबार कालुङ्चोक मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए ।
कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई–दुई विकेट लिए । राजकुमारले अन्तिम ओभरमा दुई विकेट लिँदै लुम्बिनीको रन गति रोक्ने प्रयास गरेका थिए ।
१६२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.४ ओभरमा ९६ रनमै समेटियो । कर्णालीका दिनेश रावतले सर्वाधिक २५ तथा अरविन्द घर्ती मगरले २३ रन बनाए । तर, नियमित अन्तरालमा विकेट गुमाएपछि कर्णाली लक्ष्यसम्म पुग्न सकेन ।
लुम्बिनीका अजय चौहानले २१ रन खर्चेर तीन विकेट लिए भने निर्मल गुरुङले १८ रन दिँदै दुई विकेट हात पारे ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनीले कर्णालीलाई ६५ रनले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ ।
सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित...
सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आइतबार आठ खेलका प्रतिस्पर्धा हुँदैछन् । आज महिला तथा पुरुष...
काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष...