सामाजिक सञ्जाल या जञ्जाल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सामाजिक सञ्जाल या जञ्जाल

अधिवक्ता खिमा रिजाल

आजको विश्वमा सञ्चारबाट कटेर कोही पनि बाँच्न सक्दैन । विकसित, अल्पविकसित वा विकासोन्मूख जुन र जस्तोसुकै राष्ट्र र त्यहाँका जनता सञ्चारबाट अछुतो रहन सक्दैनन् । विश्व सोसल मिडियाबाट पनि त्यतिकै लाभान्वित बन्न गएको छ । त्यसैले विश्वलाई एउटा घर मानिएको हो । जहाँ घरको जुनसुकै ठाउँबाट पनि मानिस क्षणभरमा जोडिन सक्छ । संसारलाई एउटा घरमा बदल्न सफल सञ्चार अनि सोसल मिडिया आजको विश्वमा जति लोकप्रिय बनेको छ त्यतिकै विककृतिको साधन पनि बन्न पुगेको छ ।

सोसल मिडियाका रुपमा फेसबुक, ट्विटर, युट्युव, इन्स्टाग्राम, स्न्यापच्याट जिमेल, हटमेल, याहुलगायत भए पनि संसारभर अत्यधिक प्रयोगकर्ता भएको सोसल मिडिया फेसबुक नै मानिन्छ । अर्थात संसारभ दैनिक १.२ अर्ब फेसबुक प्रयोगकर्ता भएको पाइएता पनि यसको बृद्धिदर दिनहुँ बढ्दो छ । वर्षौ वर्ष सम्पर्क विहिन बनेका मानिसहरु बीचमा सम्बन्ध बउाढने माध्यम बनेको छ सोसल मिडिया । सोसल मिडियाले गर्दा मानिसले जहाँ पुगेपनि सम्र्पक बिहिनताको स्थिति सामना गर्नु पर्दैन । यति धेरै सकारात्मक पाटो छँदाछँदै पनि सोसल मिडिया प्रयोगकर्ताले सहि सदुपयोग नपार्दा कैयौंको जीवन बर्बाद हुने र मृत्युसम्मको अवस्था आउने संभावना छ ।

आजभोली मानिसहरु कहाँ जाँदैछन्, कोसँग भट्दै छन् के चाहदैछन् देखि लिएर अत्यन्तै निजी कुरा पनि सामाजिक सञ्जालमा देखाउने चलन छ । त्ती मात्र होइन मन लागेजति गालीगलौ, चरित्र हत्या, नाङ्गा तस्बीर अपलोड गर्ने तथा मानिसहरुलाई हैरान पार्ने र भएभरका कुरा ओकल्ने थलो बनेको छ, सामाजिक सञ्जाल रङ्गिएको छ । च्याउ उम्रेजस्तै अनलाइन खबरहरुले हुँदै नभएका कपोकल्पित बिभत्स तस्बिर सम्प्रेषण गर्न पछि पर्दैनन् । यिनीहरुको सिको गर्दै समाचार छिटो सम्प्रेषण गर्ने नाममा टेलीभिजनले पनि विभत्स दृश्य देखाएर आम नागरिककतो मनोविज्ञान खल्बल्याउने काम गरेका छन् ।

कहीँ गाडी पल्टियो, रक्तम्य भएका यात्रुको लाश लस्कर लगाएर हत्त न पत्त सामाजिक सञ्जालमा तस्बिर राखिन्छ । कतै कोही बलात्कारपछि हत्या भयो, जिउँदै आँखा झिकेर मारियो । कहीँ प्राकृतिक विपत्ती भयो त्यहाँको तस्बीर पनि हेर्न नसकिने गरी सामाजिक सञ्जालमा भाइरल बनाइन्छ । यतिसम्मकी कुनै दुर्घटनामा मरेको मानिसको छरपष्ट लाशको टुक्रासहित सामाजिक सञ्जाल रङ्गाइन्छ । हुँदाहुँदा मानिस दुर्घटनामा प¥यो भने उसको उद्धार दोस्रो प्राथमिकतामा पर्छ तर तस्बीर लिने र सोसल मिडिया रङ्गयाउने काम पहिलो प्राथमिकतामा हुन्छ । यस्ता विभत्स देश्यले मानिसमा कस्ता समस्या देखिने गर्छन्, त्यसले कस्तो असर पर्छ ? नजिकबाट केलाउन जरुरी छ ।

संसारमा हरेक व्यक्ति फरक फरक प्रकृतिको छ र सबैको समस्याको सामना गर्ने शैली पनि भिन्न छ । सहने र सामना गर्ने सीपको आधारमा हेर्दा एउटै व्यक्तिपिच्छे फरकफरक सामना गर्ने शैलीको कारण गर्दा विभत्स तस्बीर देख्दा प्रायः सबैको मन दुखे पनि मानसिक रुपमा अस्वथ्य भने कुल जनसंख्याको १० प्रतिशत हुने गर्दछन्, अर्थात् १० प्रतिशतलाई मनोपरामर्शदाता, मनोचिकित्सक कहाँ लैजानुपर्ने हुन्छ ।
विशेषगरी विभत्स दृश्यले यो उमेरबाट समूह प्रभावित भन्ने हुँदैन ।

महिला, पुरुष, बच्चा बृद्ध जोसुकै पनि यसको शिकार बन्न सक्छ । तनाव, डर, उदासिनता लगायतका विभिन्न मानसिक समस्याबाट व्यक्ति गुज्रन सक्छ । मानसिक स्वास्थ्य समस्या भन्ने नै व्यक्ति दैनिक जस्वनमा भोेग्ने सामान्य चिन्तादेखि लामो समयसम्म हुने रहनेलाई मान्न सकिन्छ । यसले व्यत्तिःको मस्तिष्कमा प्रभाव पार्नुका साथै उसको भावना, सोचाई र व्यवहारमा परिवर्तन गराउँछ । यसबाट प्रभावित व्यक्ति धेरै डराउने, चिन्ता लिने, विनाकारण उदास हुनेदेखि शंका गर्ने, हिंसात्मक व्यवहार देखाउने हुन जान्छ ।

उदासिनता
यो एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै पनि अनिवार्य वा निरन्तर काम, जिम्मेवारी वा अवस्थाप्रति निराशा उत्पन्न हुने, इच्छा शक्तिमा कमि आउने तथा शारीरिक रुपमा समेत ह्रासको अनुभूत गर्नेजस्ता लक्षण देखिन्छ । यसले व्यक्तिको दैनिक जीवनमा नकारात्मक असर पार्दछ । यो खालको समस्या वा लक्षण लामो समयसम्म रहिरहेमा व्यक्तिलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याउँछ । मध्यम तथा गम्भिर उदासिनता भएको व्यक्तिमा शारीरिक सिकायतका समस्या पनि देखिन सक्छ । उदासिनतालाई ठिक समयमा उपचार गर्न नसके यो गम्भीर समस्याको रुपमा परिणत हुन्छ र व्यक्ति आत्महत्या गर्न समेत पछि पर्दैन ।

उदासिनताका लक्षण
शारीरिक कमजोरीपन,
शरिर दुख्ने,
सुन्न कठिनाइ हुने,
खानाप्रति रुचि घट्ने,
ढुकढुकी बढ्ने,
निसास्सिएको महसुस हुने,
छाति दुख्ने,
रिङ्गटा लाग्ने,
काम्ने, जिउँभरि सियोले घोचेको जस्तो हुने

भावनात्मक असर
नरमाइलो वा दुःखी हुने
झिजो लाग्ने
कुनै कुरामा पनि खुशी हुन वा रमाउन नसक्ने
आत्मग्लानी हुने
आत्मबल र आत्मसम्मानको कमि हुने
विचार
निराशापन
निर्णय लिन नसक्ने
ध्यान केन्द्रित गर्न नसक्ने
आफूलाई मूल्यहिन ठान्ने
हामी नोक्सनी पु¥याउने का मगर्ने
आत्महत्याको विचार आउने
भविष्यप्रतिको चिन्ता वा नकारात्मक दृष्टिकोण आउने
व्यवहारगत सामाजिक अन्तक्र्रियाहरुबाट
टाढिने
जिम्मेवारीहरु बहन गर्न नसक्ने
मनोरञ्जजका क्रियाकलापहरुबाट टाढिने
अत्याधिक मादक पदार्थ सेवन गर्ने

उदासिनताको पहिचान
उदासिनताको पहिचान व्यवहार, जसमा आउने सोचाइ र भावनाहरु, शारीरिक अवस्था आदि विस्तृत कुराकानीपश्चात मात्र गर्न सकिन्छ । विशेषगरी उदासिनता भएको व्यक्तिमा आफ्नो जीवन, सम्बन्ध लगायतक आफूसँग सम्बन्धित पक्षहरुका बारेमा निराशाजनक सांच उत्पन्न हुने गर्दछ । आफ्नो जीवनलाई मूल्यहिन ठान्दछ ।

सामान्यतया यस्ता व्यवहारहरुको स्तर कस्तो छ भन्ने कुरा ती सोंचहरु दोहोरिने क्रम, समयावधि तथा खन्य व्यवहारहरु जस्तैः आत्महत्याको प्रयास तथा दैनिक जीवनमा परेका नकारात्मक प्रभावको आधारमा जानकारी पाउन सकिन्छ । हाम्रो जस्तो देशमा अहिले पनि मानिसहरु टाउको दुखेको सजिलै बताउन र उपचार गर्न सक्छन् तर मन दुखेको कसैलाई बताउन सक्दैनन्, चाहन्न् । कैयौं मानसिक रोगीलाई पशुलाई जसरी दाम्लोले बाँधेर तथा कोठामा थुनेर राख्ने गरिन्छ । मानसिक स्वास्थ्य समस्यालाई जिउ दुखेको, छाति दुखेको, हातखुट्टा दुखेको जस्ता भौतिक समस्यासँग मात्र जोडेर हेरिन्छ । यस्तो अवस्थाबाट उपचार नगर्दा कहिल्यै सञ्चो नहुने दीर्घ रोगी समेत भइन्छ ।

पत्रकार आचारसंहिता २०७३, दफा ५ को उपदफा ३ मा हिंसा, आंतङ्क र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्सउने, अश्लिल, सार्वजनिक स्वास्थ्य, शिष्टाचार नैतिकताको प्रतिकूल हुने वा त्रासा उत्पन्न गर्ने किसिमका सामग्राी उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन भनिएको छ ।

दफा ५ को उपदफा ५ मा पत्रकार तथा सञ्चार माध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र विभत्स दृश्य एवं तस्बीरहरु सम्प्रेषण गर्नु हुँदैन भनिएता पनि दिनानुनिद यस्ता दृश्य बढ्दो यस्ता दृश्यले मानिसको सामान्य चिन्तादेखि आचारसंहितामा लेखिए पनि कार्यान्वयनमा समस्या रहेको पाउँछौं । कानुनी मापदण्ड पनि निकै फितलो भएकोले सोसल मिडियामा सदुपयोग भन्दा दुरुपयोग नै बढी देखिन्छ । यदि समयमै सरोकारवालाको ध्यान जान सकेन भने कैयौं मानिसको मानसिक स्वास्थ्यमा खेलवाड हुने निश्चित छ । (संहिता नामक पुुस्तकबाट)

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७४ माघ २९, ०९: २०

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७४ माघ २९, ०९: २०

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७४ माघ २९, ०९: २०

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...