पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको नर्भिक अस्पतालमा निधन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको नर्भिक अस्पतालमा निधन

नयाँ विकल्प


काठमाडाैं- कोरोना पोजेटिभ देखिएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनिया र कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। आज बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो।उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्।

महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १९, ०८: १०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १९, ०८: १०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १९, ०८: १०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...