पूर्वी रुकुममा हिमपातबाट बच्ने योजना तयार – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पूर्वी रुकुममा हिमपातबाट बच्ने योजना तयार

नयाँ विकल्प

राेल्पा – चिसो शुरु भएसँगै रुकुम (पूर्व) मा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन शुरु गरेको छ । जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन शुरु गरिएको हो ।

हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न तथा उद्धारका लागि प्रतिकार्य योजना बनाउन थालिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रुकुम पूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । य

हाँ हिमपातको कारण धेरै नागरिक प्रभावित हुने गरेका छन् । रुकुम पूर्वमा हिमपात हुने समय नजिकिएसँगै हिमपात प्रतिकार्यका योजना निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले हिमपात प्रतिकार्य योजना तयार पारेको छ ।

जिल्लाको उच्च लेकाली तथा हिमाली क्षेत्रमा हुने हिमपातले उच्च बस्तीमा भएका नागरिक प्रभावित हुने भएपछि विपद् व्यवस्थापन समितिले पहिले नै त्यसको प्रतिकार्यको योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।

तत्कालै जिल्लास्थित सबै गाउँपालिकाले आ–आफ्नो गाउँपालिका भित्रका हिमपातबाट प्रभावित हुनसक्ने घरधुरीको विवरण सङ्कलन गरी अध्यावधिक गरी पठाउने र प्रभावित हुनसक्ने घरधुरीलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने निर्णय विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ । विपद्मा परेकालाई उद्धारको लागि सुरक्षा निकायका टोली परिचालनको लागि तयारी अवस्थामा राख्ने र सोको परिचालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गर्ने प्रजिअ राईले बताए ।

प्रजिअ राईकाअनुसार जिल्लामा हिमपात पूर्व तयारीको लागि आवश्यक पर्ने स्रोत साधन र बजेटको माग गृह मन्त्रालयमा गरिने छ । यस्तै हिमपात र अन्य विपद्को समयमा पनि खाद्य अभाव हुन नदिन खाद्य संस्थान तथा सरोकारवाला वितरण संस्थाले समयमै खाद्यान्न सामग्री सबै पालिकामा पु¥याउने व्यवस्थाको लागि सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले यस जिल्ल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ बमोजिम जिल्लामा हुने र हुन सक्ने सबै खाले विपद् व्यवस्थापन उद्धार र प्रतिकार्यको लागि लुम्बिनी प्रदेश कानून तथा आन्तरिक मामिला मन्त्रालय र गृह मन्त्रालयमा प्राविधिक अनुमान गरी बजेट माग गर्ने प्रजिअ राईले बताए ।

विपद् व्यवस्थापन समितिले विगतका वर्षमै जिल्लाका तीनवटै स्थानीय तहका हिमपात प्रभावित बस्तीको पहिचान गरेको छ । तीनै स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा चिसो र हिमपातले प्रभावित हुनसक्ने बस्तीको पहिचान गरिएको हो ।

रुकुम पूर्वमा हिमपातबाट सबैभन्दा बढी प्रभावित हुने पुथाउत्तरगङ्गा गाउँपालिका हो । पुथाउत्तरगङ्गाका अधिकांश बस्ती बर्सेनी हिमपातबाट प्रभावित हुने गरेका छन् । हिमपातबाट जिल्लाका भूमे र सिस्ने गाउँपालिका पनि प्रभावित हुने गरेका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ कार्तिक १९, १३: १५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ कार्तिक १९, १३: १५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ कार्तिक १९, १३: १५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...