महानगरका मेयरकाे उर्दी उलंघन गर्दै खुलामञ्चमा मजदूरलाई खाना खुवाउने क्रम जारी – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

महानगरका मेयरकाे उर्दी उलंघन गर्दै खुलामञ्चमा मजदूरलाई खाना खुवाउने क्रम जारी

नयाँ विकल्प

काठमाडाै- काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ ।

काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी राखेको अभियान सञ्चालन गर्ने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए ।

“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, पन्तले भने, “होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस् ।” सोही विषयमा आज महानगरले छलफलका लागि बोलाएको पन्तले बताए ।

आज बिहान पनि खुवाएको र साँझ पनि खाना खुवाउने क्रम जारी रहने उनले जानकारी दिए । पन्तका अनुसार झण्डै एक हजार व्यक्तिले काठमाडौँको रत्नपार्कलगायत क्षेत्रमा आएर खाना खाने गरेका छन् ।

विगतमा बन्दाबन्दीका बेला धेरै भए पनि अहिले भने सङ्ख्या कम रहेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले बताए । कतिपय अवस्थामा वास्तविक मजदूरभन्दा अन्य व्यक्तिले समेत खाना खाने गरेको बताइन्छ ।

विभिन्न संस्था आएर जतिखेर पनि खुवाउने गरेकाले पनि महानगरपालिकाले चासो दिएको बताउँदै बोहराले अभियानलाई अझै व्यवस्थित बनाएर लैजाने बताउनुभयो । त्यसमा महानगर र प्रहरी सबैले सहयोग गर्नुपर्ने उनकाे भनाइ छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी घोषणा गरेको थियो । त्यसको तीन दिनपछि १४ गतेबाट ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेस् ग्रुप्स नेपाल’ले सुरु गरेको अभियान अहिलेसम्म जारी छ । यसअघि अन्य विभिन्न संस्थाले समेत उक्त अभियान चलाए पनि यो समूहले भने नियमित गर्दै आएको छ ।

एकजना मजदूर पम्फा थापाले खाना खुवाउने अभियानलाई महानगरले रोक्न लागेको कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गरिन । “हामी रोगले भन्दा भोकले मर्ने अवस्था छ, त्यसैले यो कामलाई नरोक्नुहोस्”,उनले भनिन ।

उक्त समूहले कतिपय अस्पताललगायत विभिन्न क्षेत्रमा रहेका गरिब परिवारलाई समेत खाना वितरण गर्दै आएको छ । यसअघि काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा मेस चलाएर खाना खुवाउने अभियान थालिएको थियो ।

मानवसेवा आश्रमले भक्तपुरका मजदूरलाई बन्दाबन्दीको समयमा खाना खुवाएको थियो । उक्त कार्यक्रम रोक्ने सरकारको निर्णयपछि विभिन्न क्षेत्रमा रोकिएको अभियान रत्नपार्क क्षेत्रमा भने जारी छ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७७ कार्तिक १९, १५: २७

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७७ कार्तिक १९, १५: २७

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७७ कार्तिक १९, १५: २७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...