उमाकान्त चौधरी, नेता– नेपाली कांग्रेसअहिले सबैतिर चुनाव लागिसक्यो हैन ? बारामा कस्तो छ ?
क्षेत्र नं. १ मा साथीहरु सबै ठाउँमा परीचालन भएर आ–आफ्नो चुनाव प्रचार प्रसारको कार्यक्रमलाई अगाडि बढाइरहनु भएको छ । यहाँको जनता के चाहन्छन् भने यहाँको क्षेत्रमा को सबभन्दा जनताको काम गर्ने हो, विकास निर्माणको काम कसले गर्न सक्छ भन्ने कुरा विचार गरिराखेका छन् । हिजोको दिनहरुमा पनि के कति काम भइरहेको छ, त्यसको पनि मूल्यांकन भइराखेको छ । बाराको क्षेत्र नं. १ नं. क्षेत्र जो पहिले २ पटक एमालेका मुकुन्द न्यौपानेजीले विजय हासिल गर्नु भएको थियो । उहाँले केही पनि गर्न सक्नु भएन । त्यसकारण मलाई यँही १ नं. क्षेत्रबाट नेपाली जनताहरुले मलाई विजय गराउनु भएको थियो र त्यो बेला विकास निर्माणको कार्यमा सबैभन्दा बढी मैले काम गरेको थिएँ । त्यो बेला निजगढदेखि लिएर सिम्रनगढसम्मको बाटो मैले सुरुवात गरेको हुँ । मेरै कार्यकालमा यो बाटो बनेको हो । त्यसैगरी, निजगढ जस्तो ठाउँमा लालबत्तियाले कटान गरे झन्डै लालबत्तियाले निजगढ नै समाप्त पार्ने अवस्थामा थियो । त्यसलाई तटबन्ध गराउने काम मैले नै गरेको थिएँ । मेरै कार्यकालमा यहाँ सिंचाई पनि आयो । यहाँ सबभन्दा ठूलो सिम्रनगढ जस्तो ठाउँमा पनि पर्यटकीय स्थल निर्माण भयो, यो पुरातात्विक ठाउँ हो र यहाँ धार्मिक स्थल पनि भएको कारणले त्यसलाई सुरुवात मैले नै गरेको हुँ । मैले समग्र रुपमा भन्दाखेरी यो क्षेत्रमा चाहे बाटोघाटो होस् चाहे यो ठाउँमा सिंचाइको सुविधा होस् चाहे यहाँको विद्युतिकरण होस् शिक्षा, स्वास्थ्य, पर्यटन सबै क्षेत्रमा मैले ठूलै काम गरेको छ । खासगरी, तराई मधेशको हक अधिकारको लागि संसद्मा त्यो बेला पनि कुरा उठाएको थिएँ, ४१ दिनसम्म संसद्मा विरोध गरेका थियौं । त्यो बेला फोरम, तमलोपा कोही पनि थिएन । त्यो बेला सद्भावना पार्टी मात्र थियो । हामीले नै मधेशको मुद्दा विशेषगरी संसदमा प्रवेश गराएका छौं ।
सरकारमा अहिले कांग्रेसकै नेतृत्व हुँदा पनि कांग्रेसको नेतृत्व भए पनि मधेशका किसानहरुको निकै गुनासो छ नी ?
अहिलेसम्म नेपाली कांग्रेसले खासगरी कृषि प्रधान भएको यो देशमा किसानको कुरा नउठाएको होइन । अहिले सबैभन्दा बढी लगानी कृषिमा भइरहेको छ । अहिले “माछाजोन” भनेर हाम्रो बारा जिल्लालाई छुट्याएको छ । खासगरी, बारा जिल्लामा हेर्ने हो भने सबैभन्दा बढी कृषिजन्य वस्तु हुने ठाउँ बारा जिल्ला नै हो । यहाँ तरकारी खेती होस्, चाहे धानखेती होस् र माछाको कुरामा पनि सबैभन्दा बढी उत्पादन हुने ठाउँ पनि बारा जिल्ला नै हो । मैले कृषिको विषयमा पटकपटक कुराहरु उठाएको छु । मैले नै त्यहाँ झगडा गरेर भएपनि कृषि क्षेत्रमा खासगरी माछाको क्षेत्र बारा जिल्लालाई स्थापित गर्न मेरो ठूलो भूमिका रहेको छ, यो कुरा तपाईंहरुले नै देखेको कुरा हो ।
तर, त्यहाँको किसानले प्रयोग गर्ने ट्रयाक्टरमा भ्याट छुट किन दिन सकेन सरकारले ?
यस विषयमा पनि मैले पहल गरेको छु । मलाई लाग्छ त्यो भ्याट लगाउने नै सबभन्दा ठूलो गल्ती गरिएको छ । त्यसलाई सच्याएर लैजानु पर्छ । खासगरी, किसानलाई आउने सुविधा छ जस्तै मलमा, बिऊमा तिनीहरुको विद्युतीकरणदेखि लिएर त्यसको ढुवानीसम्म हरचिजमा छुट पाउनुपर्छ । किसानहरुले भारतमा जुन सबसिडी पाइरहेको छ । नेपालमा पनि यो भन्दा बढी पाउनुपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु । नेपालमा यति धेरै उब्जाउ होस् जसले गर्दा हामीले भारतलाई बेच्न सकौं । किसानहरुले पाउने जुन सुविधा छ, त्यो सुविधा राज्य सरकारले दिनुपर्छ भनेर मैले पटक पटक सो कुराको जोडदारसँग कुरा उठाएको छु ।
तपाईं पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए तपाईंले जित्ने आधार के हो त ?
अहिले मैले जित्ने आधार भनेको सबभन्दा ठूलो कुरा, मैले आफ्नो कार्यकालमा अन्तरिम संविधानको बेलामा जनसंख्याको हिसाबले क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा थियो त्यही बेला हामीले अन्तरिम संविधानमा ४१ दिनसम्म संसद् अवरोध गरेर भएपनि संशोधन गराएको थिए । त्यसपछि जुन किसिमले नेपालमा संविधान ल्याउने काम नेपाली कांग्रेसको नेतृत्वमा भयो त्यो नेपाली जनताले बुझेको कुरा हो । त्यसलाई कार्यान्वयन गर्नुपर्छ । त्यस्तै यो देशमा शान्ति र अमन चयन स्थापना गराउने काम नेपाली कांग्रेसले नै ग¥यो । मेरै कार्यकालमा यहाँ जुन विकास निर्माणको लहर आयो त्यही विकास निर्माणको कारण मैले १ नं. क्षेत्रमा मात्रै जितेन ५ नं. को जनताले पनि मलाई श्विास गरेर जितायो । मैले त्यहाँ विभिन्न क्षेत्रमा जस्तै, बाटोघाटो, शिक्षा, बिजुली, खानेपानी हरेक क्षेत्रमा विकास गरेको छु, केही अधुरा कामहरु बाँकी छन् । त्यहीँ अधुरा काम पुरा गर्नको लागि भएपनि मलाई यस क्षेत्रका जनताले यसपालि अत्याधिक मत दिएर जिताउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.