विद्या राई

इन्टरनेटको विकास
विश्वमा इन्टरनेट सेवा शुरु भएको लगभग ६ दशक हुँदैछ । २०१७ जनसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने संसारको ५१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । नेपालमा दूरसञ्चार प्राविधिकरणको पछिल्लो अभिलेख अनुसार टेलिफोन र इन्टरनेट प्रयोगकर्ता डेढ करोड बढी छन् ।
सन् १९५८ मा अमेरिकी वैज्ञानिककहरुले तत्कालीन सोभियत संघसँगको प्रतिस्पर्धामा इन्टरनेटको परीक्षण थालेका थिए । तर व्यापारिक रुपमा विकासचाँहि ८० को दशकमा शुरु भयो । सन् १९९१ मा डब्लुडब्लुडब्लु आएपछि आममानिसको पहुँचमा सजिलै विस्तार भएको हो इन्टरनेट । सन् १९९५ देखि विश्वभर फैलियो । १९९६ मा डब्लुडब्लुडब्लुमा आधारित इमेलसेवा हटमेल आयो । त्यसअघि इन्टरनेट सेवा प्रदायककहाँ फोन गरेर मात्रै इमेल चेक गर्न सकिन्थ्यो । हटमेलले गर्दा इन्टरनेट जोडिएका कम्प्युटरमा इमेल गर्न फोन गर्नुपर्ने झन्झट हट्यो ।
१९९८ मा ‘गुगल सर्च’ सर्च इञ्जिनका रुपमा आयो । जहाँ आफूलाई चाहिएका कुराहरु ‘ब्राउज’ गर्न सकिने भयो । सोही वर्ष याहुले पनि इमेल सेवा ल्यायो । सन् २००४ मा जीमेल आयो । इमेल सेवाका लागि परिस्कृत सेवा प्रदायकको रुपमा स्थापित भएको छ जीमेल । हटमेलले दुईदेखि चार एमबी स्टोरेज दिरहेका बेला जीमेलले एक जिबी दिएको थियो । हाल २५ जीबी दिएको छ । २५ एमबी एकैपटकमा पठाउन मिल्छ । त्यसभन्दा माथि गुगल ड्राइभमार्फत पठाउन मिल्छ । सन् २००४ मा फेसबुक आयो ।
फोटो अपलोड गर्न, स्टाटस लेख्न, लाइक र कमेन्ट गर्न मिल्ने भयो फेसबुकमा । हाल सबैभन्द्या बढी प्रयोग हुने सामाजिक सञ्जालका रुपमा स्थापित भएको छ फेसबुक । २००५ मा युट्युब आयो । भिडियो अपलोड गर्न र हेर्न मिल्ने भयो । यसैगरी २००६ मा ट्वीटर आयो । २०१० मा इन्स्ट्राग्राम । वास्तवमा डब्लुडब्लुडब्लु आउनु नै वेबसाइट खोल्ने वातावरण बन्नुले यसरी इन्टरनेट र सामाजिक सञ्जालको तीव्र विकासले सञ्चारमा छलाङ्ग मारेको अनुभू ितगर्न सक्छौं । इन्टरनेट प्रविधिका यी माध्यमहरुमा हाम्रो पहुँच सजिलै जोडिएको छ । फेसबुक सबैभन्दा बढी प्रयोगमा ल्याइएको सामाजिक सञ्जाल हो ।
न्यू मिडिया
प्रविधि विकासका यी कुराहरु जोड्नुको उद्देश्य यससँग जोडिएका हाम्रा दैनिकीहरु कसरी परिवर्तन हुँदै आएका छन् त ? अझ भनौ सञ्चार सम्पर्क गर्ने माध्यम तथा तरिका कसरी अगाडि बढिरहेका छन् ? र, यससँगै पत्रकारितामा यिनको कस्तो प्रभाव छ ? केही उदाहरण उल्लेख गरिएका छन् । प्रविधिको तीव्र विकासले विश्व पत्रकारिता मल्टिमिडिया ट्रेण्डमा छिरिसकेको छ । जर्नल, पत्रपत्रिकाबाट जन्मिएको पत्रकारिता न्यु मिडिया अर्थात मल्टिमिडिया प्रणालीमा रुपान्तरण भइरहेको छ । बेवसाइटहरुको विकास, फेसबुक, ट्वीटर, युट्युव, इन्स्ट्राग्रामजस्ता इन्टरनेट सञ्जालहरुमा आएका विकसित फिचरहरुले गर्दा आममानिसमा सूचना लिने चलन बद्लिएको छ । नेपालमा नेपाल टेलिकम, एनसेल तथा वर्डलिंक, सुविधाजस्ता वायरलेस इन्टरनेट सेवा प्रदायकहरुको तीव्र विकासको हिजो समाचारपत्र किनेर पढ्नेहरु अहिले बिहान उठ्दै इपेपर हेर्छन् ।
विकसित राष्ट्रहरुमा त इन्टरनेट फिचरहरुको आगमनसँगै यस्ता अभ्यास शुरु भए । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा समेत पत्रिकाभन्दा अनलाइन समाचारकै प्रभाव बढिरहेको छ । आममानिसले समाचारपत्र पल्टाउनुको साटो वेवसाइट खोल्छन् । शब्दको समाचारलाई मात्रै सञ्चारको गतिलो माध्ययम मान्दैनन् । उनीहरु तस्बीर हेर्न चाहन्छन् । भिडियो हेर्न चाहन्छन् । यसका लागि युट्टयुवले साथ दिएको छ । यसैगरी फेसबुक, टुवीटर, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालमा जोडिएका छन् ।
क्षणभरमै समाचार प्राप्त गर्छन् । पाठक, स्रोता, दर्शकका रुचिअनुसार परम्परागत शैलीबाट आएका छापामाध्यमहरु, विद्युतीय माध्यममा रेडियो तथा टेलिभिजनहरु परिवर्तित रुपमा अनलाइन, युट्युब तथा समाजिक सञ्जालहरुमा जोडिन पुगेका छन् । सञ्चारगृहहरुले सोहीअनुसार प्रविधिमा जोडिनुपर्ने अवस्था छ । यसको अर्थ आमी परम्परागत पद्धतीको पत्रकारितामा ठाउँमा मल्टिमिडिया पत्रकारितातिर जोडिदैँछौं । ३ वर्षयता नेपालमा पनि अनलाइनको बजार बढेको छ । अनलाइन माध्यमको प्रयोग र दैनिक पत्रिकाहरुमा तत्कालै असर नपार्ने म्यागाजिन र साप्ताहिक पत्रिकालाई चाँहि राम्रै चुनौति आइलागेको छ । किन कि दैनिक पत्रपत्रिकाका विषयवस्तु डिजिटल कपीमा हेर्नु, पढ्नु र भौतिक रुपमा पत्रपत्रिका नै हेर्नु र पढनुको मज्जा बेग्लै छ । चार्म त केही घट्छ नै यद्यपि चुनौति सामना गर्नुपर्ने अवस्था आइहाल्छ भन्नेमा डराहाल्नुपर्ने स्थिति छैन ।
तीन करोड नेपालीमध्ये ६० प्रतिशतसँग इन्टरनेट पहुँच छ । इन्टरनेट कम्प्युटरमा मात्रै सिमित नभएर मोबाइलबाटै चलाउन सकिने भएकाले पनि यो पहुँचलाई उल्लेखनीय मान्नुपर्छ । यसकारण पत्रिकामा पाठकको चार्म केही घटेको छ । विद्युतीय माध्यमका रेडियो र टेलिभिजनको कुरा गर्ने हो भने यी दुवै इन्टरनेट पद्धतीमा जोडिएका छन् । रेडियो सुन्ने र टेलिभिजन हेर्ने चलन बढेको छ । युट्युबबाटै लाइभ सुन्ने, हेर्ने आममानिसको रुची फेरिएको छ । यसलाई प्रविधिको विकासले ल्याएको आयाम नै मान्नुपर्छ ।
सञ्चार गृहहरुले समेत आफ्ना आमपाठक, दर्शक र स्रोतामाझ इन्टरनेटमा परिष्कृत माध्यम अपनाउन थालेका छन् । नेपालकै परिपे्रक्ष्यमा भन्ने हो भने राजधानी र मोफसलका प्रायः सञ्चारगृहले न्यू मिडियालाई ग्राह्यता दिइरहेको स्थिति छ । यसको अर्थ मल्टिमिडिया पत्रकारिताको अवधारणा विस्तार भित्र्दैछ जुन पश्चिमा मुलुकका पत्रकारितामा जाजल्व्यमान छन् र तिनको प्रभाव पनि राम्रो छ । पत्रपत्रिकामार्फत समाचार सम्प्रेषण गरिरहेका सञ्चारगृहले अनलाइन वेबसाइटमार्फत क्षणभरमै आम पाठकमाझ एकैचोटी सूचना तथा खबर प्रवाहकोे अभ्यास थालेका छन् । पहिले एउटा सञ्चारगृहले पत्रपत्रिकामात्रै प्रकाशन गर्ने, रेडियो हो भने बजाइ मात्रै रहने, टेलिभिजनले देखाइमात्र रहने चलन थियो । अझैपनि यदाकदा छ । तर पछिल्लो समय यी सबै काम एकै सञ्चारगृहले गर्न थालेका छन् ।
अनलाइनहरुमा भिडियोको स्थान अनिवार्य जस्तै छ । समाचारहरु आमपाठकमाझ क्षणमै पु¥याउन सामाजिक सञ्जालको सहायता लिइएको छ । सामाजिक सञ्जालहरुमा दिइएको लाइभ सेवाले झनै साँघुरो बनाएको छ । पत्रकारले मल्टिमिडियामार्फत विषयवस्तुलाई रोचक बनाउन शब्द, तस्बिर, ध्वनि, भिडियो र ग्राफिक्स्लाई संयोजन गर्दछन् । यो अभ्यास सञ्चारमाध्यमहरुले थालिसकेका छन् । पत्रकारितामा लेखन पहिलो प्राथमिकतामा पर्ने भएपनि तस्बिर, भिडियो, ध्वनि, ग्राफिक्स् जस्ता तत्वहरुको वजन अझ गहकिलो बन्दै गएको छ । अनिवार्य हुन थालेका छन् । जनुचाँही मल्टिमिडिया पत्रकारित अवधारणाभित्र पर्दछन् । यसले मूलतः समाचारपत्र, रेडियो तथा टेलिभिजनहरु र सामाजिक सञ्जालहरुलाई प्रतिनिधित्व गर्दछ ।
र, मल्टिमिडिया पत्रकारितालाई सार्थक बनाउन पत्रकार पनि उत्तिकै दक्ष बन्नुपर्ने आवश्यकता छ । एक्जना पत्रकारमा विषयवस्तुलाई रोचक बनाउन शब्द, तस्बिर, ध्वनि, भिडियो र ग्राफिक्सलाई संयोजन गर्न सक्ने क्षमता र दक्षता हुनुपर्छ । यो प्रक्रियालाई निरन्तर अगाडि बढाउन सक्ने हुनैपर्छ । हुन त अहिलेको अवस्थालाई मात्रै हेर्ने हो भने एकैजनाले युट्युब च्यानल सञ्चालन गर्न सक्छन् । मल्टिमिडियाका लागि चाहिने सामाग्रीहरुमा झन्झटिला चरणहरु पार हुँदै आएका छन् ।
इन्टरनेट सेवाप्रदायकका सेवा एकातिर छन् भने अर्कातिर पत्रकारितामा प्रयोग हुँदै आएका सामाग्रीहरुमा सहजता छ । पहिले रिलवाला क्यामरा हुन्थ्यो, निश्चित फोटो लिन सकिन्थ्यो । अहिले डिजिटल माध्यम आएको छ, जतिपनि फोटो र भिडियो खिच्न सकिन्छ । पहिले डेस्कटपका जमाना थिए । अहिले मोबाइलबाटै समाचार लेख्न, फोटो, भिडियो, सम्पादन तथा प्रकाशनका काम गर्न सकिन्छ, किफायती पनि छ ।
अहिलेको आवश्यकता भनेको ‘वन म्यान आर्मी’ प्रणाली नै हो । विकसित राष्ट्रहरुमा यही चलन छ । हाम्रो देशमा भने यो आवश्यक रहेपनि भित्रिसकेको छैन । जनशक्तिको पाटोलाई हेरेर भन्न सकिन्छ कि न्यू मिडिया अर्थात मल्टिमिडिया पत्रकारितामा पनि छिर्न सकेको चाँहि किटेरै भन्न सकिने आधार अझै बनिसकेको छैन । सञ्चारगृहभित्र समाचार शाखा, फोटो शाखा, उत्पादन तथा प्रशारण शाखा छन् । तिनका पनि छुट्टाछुट्टै बिट र उत्तिकै जनशक्ति छन् । कतिपय अवस्थामा अधिक जनशक्ति हुँदा आपसी तालमेल अभावमा समाचार, फोटो र भिडियोहरु विषयभन्दा बाहिर गइरहेका हुन्छन् । मल्टिमिडिया विकासको गति भन्ने या दुर्गति कहीँकतै यस्ता उदाहरण दोहोरिरहेका छन् । यदि एकै व्यक्तिमा सबै कामको दक्षता भएको भए यसो नहुन पनि सक्थ्यो । आममानिसले सहि सूचना पाउनुपर्ने अधिकारको प्रत्याभूति दिलाउन सकिन्थ्यो ।
हालैको अक्टोबरमा राजधानीमा सम्पन्न ६ दिने मल्टिमिडिया वर्कसपमा सहभागी हुने अवसर जुरेको थियो । प्रतिष्ठित सञ्चारमाध्यमका फोटो पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । यसको तात्पर्य नेपाली पत्रकारितामा मल्टिमिडिया पत्रकारिताको खाँचो छ थियो र न त्यसैको परिपूर्तिका लागि वर्बसप राखियो । राजधानीका जनशक्ति उल्लेख्य राखिनुको अर्थ मल्टिमिडिया ट्रेन्ड राजधानीमा आवश्यकताअनुसार पुगेको छैन, त्यसैले दक्ष जनशक्ति तयार गर्नका यसो गरिएको सहजै भन्न सकिन्छ ।
किनभने यहाँको चलन अनुसार पहिले राजधानी, त्सपछि तराई, अनिमात्रै भोजपुर, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गाजस्ता पहाडी, हिमाली तथा दुर्गम क्षेत्रको विकासले पालो पाउने हन् । मल्टिमिडिया पद्धतिले गर्दा समाचार उत्पादन र प्रसारणका परम्परागत प्रणाली परिवर्तन हुँदै आइरहेका छन् । यसको क्षेत्र र आवश्यकता फराकिलो बन्दै गएको । पत्रकारितामा समाचार तयार तथा प्रस्तुतीसँग पाठक, स्रोता र दर्शकमा समाचार प्राप्त गर्ने शैली पनि फरक भइसकेको छ । उनीहरुलाई सामाग्री कसरी मन छुने खालको बनाउने भन्ने मल्टिमिडिया पद्धतिका तत्वहरुले भूमिका खेलेको हुन्छ । मानवीय चासोका विषयवस्तु पनि बनेको छ ।
कथावस्तुहरुलाई कसरी चाखलाग्दो बनाउने र बाहिर ल्याउने भन्नेमा सीपको भर पर्छ । पहिले पत्रपत्रिका पढ्न पाउनु पनि ठूलो अवसर मानिन्थ्यो भने, अहिले रेडियो, टिभी सुन्न र हेर्नसमेत छाडिएको छ । अनलाइनमार्फत श्रव्यदृश्य माध्यम प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसको आवश्यकता, माग र चाहना पनि बढिरहेको छ । आममानिस क्षणभरमै खबर थाहा पाउन चाहन्छन् । (संहिता नामक पुुस्तकबाट)
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...