मल्टिमिडिया पत्रकारिताको आवश्यकता र स्थिति – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

मल्टिमिडिया पत्रकारिताको आवश्यकता र स्थिति

विद्या राई

इन्टरनेटको विकास
विश्वमा इन्टरनेट सेवा शुरु भएको लगभग ६ दशक हुँदैछ । २०१७ जनसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने संसारको ५१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् । नेपालमा दूरसञ्चार प्राविधिकरणको पछिल्लो अभिलेख अनुसार टेलिफोन र इन्टरनेट प्रयोगकर्ता डेढ करोड बढी छन् ।

सन् १९५८ मा अमेरिकी वैज्ञानिककहरुले तत्कालीन सोभियत संघसँगको प्रतिस्पर्धामा इन्टरनेटको परीक्षण थालेका थिए । तर व्यापारिक रुपमा विकासचाँहि ८० को दशकमा शुरु भयो । सन् १९९१ मा डब्लुडब्लुडब्लु आएपछि आममानिसको पहुँचमा सजिलै विस्तार भएको हो इन्टरनेट । सन् १९९५ देखि विश्वभर फैलियो । १९९६ मा डब्लुडब्लुडब्लुमा आधारित इमेलसेवा हटमेल आयो । त्यसअघि इन्टरनेट सेवा प्रदायककहाँ फोन गरेर मात्रै इमेल चेक गर्न सकिन्थ्यो । हटमेलले गर्दा इन्टरनेट जोडिएका कम्प्युटरमा इमेल गर्न फोन गर्नुपर्ने झन्झट हट्यो ।

१९९८ मा ‘गुगल सर्च’ सर्च इञ्जिनका रुपमा आयो । जहाँ आफूलाई चाहिएका कुराहरु ‘ब्राउज’ गर्न सकिने भयो । सोही वर्ष याहुले पनि इमेल सेवा ल्यायो । सन् २००४ मा जीमेल आयो । इमेल सेवाका लागि परिस्कृत सेवा प्रदायकको रुपमा स्थापित भएको छ जीमेल । हटमेलले दुईदेखि चार एमबी स्टोरेज दिरहेका बेला जीमेलले एक जिबी दिएको थियो । हाल २५ जीबी दिएको छ । २५ एमबी एकैपटकमा पठाउन मिल्छ । त्यसभन्दा माथि गुगल ड्राइभमार्फत पठाउन मिल्छ । सन् २००४ मा फेसबुक आयो ।

फोटो अपलोड गर्न, स्टाटस लेख्न, लाइक र कमेन्ट गर्न मिल्ने भयो फेसबुकमा । हाल सबैभन्द्या बढी प्रयोग हुने सामाजिक सञ्जालका रुपमा स्थापित भएको छ फेसबुक । २००५ मा युट्युब आयो । भिडियो अपलोड गर्न र हेर्न मिल्ने भयो । यसैगरी २००६ मा ट्वीटर आयो । २०१० मा इन्स्ट्राग्राम । वास्तवमा डब्लुडब्लुडब्लु आउनु नै वेबसाइट खोल्ने वातावरण बन्नुले यसरी इन्टरनेट र सामाजिक सञ्जालको तीव्र विकासले सञ्चारमा छलाङ्ग मारेको अनुभू ितगर्न सक्छौं । इन्टरनेट प्रविधिका यी माध्यमहरुमा हाम्रो पहुँच सजिलै जोडिएको छ । फेसबुक सबैभन्दा बढी प्रयोगमा ल्याइएको सामाजिक सञ्जाल हो ।

न्यू मिडिया
प्रविधि विकासका यी कुराहरु जोड्नुको उद्देश्य यससँग जोडिएका हाम्रा दैनिकीहरु कसरी परिवर्तन हुँदै आएका छन् त ? अझ भनौ सञ्चार सम्पर्क गर्ने माध्यम तथा तरिका कसरी अगाडि बढिरहेका छन् ? र, यससँगै पत्रकारितामा यिनको कस्तो प्रभाव छ ? केही उदाहरण उल्लेख गरिएका छन् । प्रविधिको तीव्र विकासले विश्व पत्रकारिता मल्टिमिडिया ट्रेण्डमा छिरिसकेको छ । जर्नल, पत्रपत्रिकाबाट जन्मिएको पत्रकारिता न्यु मिडिया अर्थात मल्टिमिडिया प्रणालीमा रुपान्तरण भइरहेको छ । बेवसाइटहरुको विकास, फेसबुक, ट्वीटर, युट्युव, इन्स्ट्राग्रामजस्ता इन्टरनेट सञ्जालहरुमा आएका विकसित फिचरहरुले गर्दा आममानिसमा सूचना लिने चलन बद्लिएको छ । नेपालमा नेपाल टेलिकम, एनसेल तथा वर्डलिंक, सुविधाजस्ता वायरलेस इन्टरनेट सेवा प्रदायकहरुको तीव्र विकासको हिजो समाचारपत्र किनेर पढ्नेहरु अहिले बिहान उठ्दै इपेपर हेर्छन् ।

विकसित राष्ट्रहरुमा त इन्टरनेट फिचरहरुको आगमनसँगै यस्ता अभ्यास शुरु भए । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा समेत पत्रिकाभन्दा अनलाइन समाचारकै प्रभाव बढिरहेको छ । आममानिसले समाचारपत्र पल्टाउनुको साटो वेवसाइट खोल्छन् । शब्दको समाचारलाई मात्रै सञ्चारको गतिलो माध्ययम मान्दैनन् । उनीहरु तस्बीर हेर्न चाहन्छन् । भिडियो हेर्न चाहन्छन् । यसका लागि युट्टयुवले साथ दिएको छ । यसैगरी फेसबुक, टुवीटर, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालमा जोडिएका छन् ।

क्षणभरमै समाचार प्राप्त गर्छन् । पाठक, स्रोता, दर्शकका रुचिअनुसार परम्परागत शैलीबाट आएका छापामाध्यमहरु, विद्युतीय माध्यममा रेडियो तथा टेलिभिजनहरु परिवर्तित रुपमा अनलाइन, युट्युब तथा समाजिक सञ्जालहरुमा जोडिन पुगेका छन् । सञ्चारगृहहरुले सोहीअनुसार प्रविधिमा जोडिनुपर्ने अवस्था छ । यसको अर्थ आमी परम्परागत पद्धतीको पत्रकारितामा ठाउँमा मल्टिमिडिया पत्रकारितातिर जोडिदैँछौं । ३ वर्षयता नेपालमा पनि अनलाइनको बजार बढेको छ । अनलाइन माध्यमको प्रयोग र दैनिक पत्रिकाहरुमा तत्कालै असर नपार्ने म्यागाजिन र साप्ताहिक पत्रिकालाई चाँहि राम्रै चुनौति आइलागेको छ । किन कि दैनिक पत्रपत्रिकाका विषयवस्तु डिजिटल कपीमा हेर्नु, पढ्नु र भौतिक रुपमा पत्रपत्रिका नै हेर्नु र पढनुको मज्जा बेग्लै छ । चार्म त केही घट्छ नै यद्यपि चुनौति सामना गर्नुपर्ने अवस्था आइहाल्छ भन्नेमा डराहाल्नुपर्ने स्थिति छैन ।

तीन करोड नेपालीमध्ये ६० प्रतिशतसँग इन्टरनेट पहुँच छ । इन्टरनेट कम्प्युटरमा मात्रै सिमित नभएर मोबाइलबाटै चलाउन सकिने भएकाले पनि यो पहुँचलाई उल्लेखनीय मान्नुपर्छ । यसकारण पत्रिकामा पाठकको चार्म केही घटेको छ । विद्युतीय माध्यमका रेडियो र टेलिभिजनको कुरा गर्ने हो भने यी दुवै इन्टरनेट पद्धतीमा जोडिएका छन् । रेडियो सुन्ने र टेलिभिजन हेर्ने चलन बढेको छ । युट्युबबाटै लाइभ सुन्ने, हेर्ने आममानिसको रुची फेरिएको छ । यसलाई प्रविधिको विकासले ल्याएको आयाम नै मान्नुपर्छ ।

सञ्चार गृहहरुले समेत आफ्ना आमपाठक, दर्शक र स्रोतामाझ इन्टरनेटमा परिष्कृत माध्यम अपनाउन थालेका छन् । नेपालकै परिपे्रक्ष्यमा भन्ने हो भने राजधानी र मोफसलका प्रायः सञ्चारगृहले न्यू मिडियालाई ग्राह्यता दिइरहेको स्थिति छ । यसको अर्थ मल्टिमिडिया पत्रकारिताको अवधारणा विस्तार भित्र्दैछ जुन पश्चिमा मुलुकका पत्रकारितामा जाजल्व्यमान छन् र तिनको प्रभाव पनि राम्रो छ । पत्रपत्रिकामार्फत समाचार सम्प्रेषण गरिरहेका सञ्चारगृहले अनलाइन वेबसाइटमार्फत क्षणभरमै आम पाठकमाझ एकैचोटी सूचना तथा खबर प्रवाहकोे अभ्यास थालेका छन् । पहिले एउटा सञ्चारगृहले पत्रपत्रिकामात्रै प्रकाशन गर्ने, रेडियो हो भने बजाइ मात्रै रहने, टेलिभिजनले देखाइमात्र रहने चलन थियो । अझैपनि यदाकदा छ । तर पछिल्लो समय यी सबै काम एकै सञ्चारगृहले गर्न थालेका छन् ।

अनलाइनहरुमा भिडियोको स्थान अनिवार्य जस्तै छ । समाचारहरु आमपाठकमाझ क्षणमै पु¥याउन सामाजिक सञ्जालको सहायता लिइएको छ । सामाजिक सञ्जालहरुमा दिइएको लाइभ सेवाले झनै साँघुरो बनाएको छ । पत्रकारले मल्टिमिडियामार्फत विषयवस्तुलाई रोचक बनाउन शब्द, तस्बिर, ध्वनि, भिडियो र ग्राफिक्स्लाई संयोजन गर्दछन् । यो अभ्यास सञ्चारमाध्यमहरुले थालिसकेका छन् । पत्रकारितामा लेखन पहिलो प्राथमिकतामा पर्ने भएपनि तस्बिर, भिडियो, ध्वनि, ग्राफिक्स् जस्ता तत्वहरुको वजन अझ गहकिलो बन्दै गएको छ । अनिवार्य हुन थालेका छन् । जनुचाँही मल्टिमिडिया पत्रकारित अवधारणाभित्र पर्दछन् । यसले मूलतः समाचारपत्र, रेडियो तथा टेलिभिजनहरु र सामाजिक सञ्जालहरुलाई प्रतिनिधित्व गर्दछ ।

र, मल्टिमिडिया पत्रकारितालाई सार्थक बनाउन पत्रकार पनि उत्तिकै दक्ष बन्नुपर्ने आवश्यकता छ । एक्जना पत्रकारमा विषयवस्तुलाई रोचक बनाउन शब्द, तस्बिर, ध्वनि, भिडियो र ग्राफिक्सलाई संयोजन गर्न सक्ने क्षमता र दक्षता हुनुपर्छ । यो प्रक्रियालाई निरन्तर अगाडि बढाउन सक्ने हुनैपर्छ । हुन त अहिलेको अवस्थालाई मात्रै हेर्ने हो भने एकैजनाले युट्युब च्यानल सञ्चालन गर्न सक्छन् । मल्टिमिडियाका लागि चाहिने सामाग्रीहरुमा झन्झटिला चरणहरु पार हुँदै आएका छन् ।

इन्टरनेट सेवाप्रदायकका सेवा एकातिर छन् भने अर्कातिर पत्रकारितामा प्रयोग हुँदै आएका सामाग्रीहरुमा सहजता छ । पहिले रिलवाला क्यामरा हुन्थ्यो, निश्चित फोटो लिन सकिन्थ्यो । अहिले डिजिटल माध्यम आएको छ, जतिपनि फोटो र भिडियो खिच्न सकिन्छ । पहिले डेस्कटपका जमाना थिए । अहिले मोबाइलबाटै समाचार लेख्न, फोटो, भिडियो, सम्पादन तथा प्रकाशनका काम गर्न सकिन्छ, किफायती पनि छ ।

अहिलेको आवश्यकता भनेको ‘वन म्यान आर्मी’ प्रणाली नै हो । विकसित राष्ट्रहरुमा यही चलन छ । हाम्रो देशमा भने यो आवश्यक रहेपनि भित्रिसकेको छैन । जनशक्तिको पाटोलाई हेरेर भन्न सकिन्छ कि न्यू मिडिया अर्थात मल्टिमिडिया पत्रकारितामा पनि छिर्न सकेको चाँहि किटेरै भन्न सकिने आधार अझै बनिसकेको छैन । सञ्चारगृहभित्र समाचार शाखा, फोटो शाखा, उत्पादन तथा प्रशारण शाखा छन् । तिनका पनि छुट्टाछुट्टै बिट र उत्तिकै जनशक्ति छन् । कतिपय अवस्थामा अधिक जनशक्ति हुँदा आपसी तालमेल अभावमा समाचार, फोटो र भिडियोहरु विषयभन्दा बाहिर गइरहेका हुन्छन् । मल्टिमिडिया विकासको गति भन्ने या दुर्गति कहीँकतै यस्ता उदाहरण दोहोरिरहेका छन् । यदि एकै व्यक्तिमा सबै कामको दक्षता भएको भए यसो नहुन पनि सक्थ्यो । आममानिसले सहि सूचना पाउनुपर्ने अधिकारको प्रत्याभूति दिलाउन सकिन्थ्यो ।

हालैको अक्टोबरमा राजधानीमा सम्पन्न ६ दिने मल्टिमिडिया वर्कसपमा सहभागी हुने अवसर जुरेको थियो । प्रतिष्ठित सञ्चारमाध्यमका फोटो पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । यसको तात्पर्य नेपाली पत्रकारितामा मल्टिमिडिया पत्रकारिताको खाँचो छ थियो र न त्यसैको परिपूर्तिका लागि वर्बसप राखियो । राजधानीका जनशक्ति उल्लेख्य राखिनुको अर्थ मल्टिमिडिया ट्रेन्ड राजधानीमा आवश्यकताअनुसार पुगेको छैन, त्यसैले दक्ष जनशक्ति तयार गर्नका यसो गरिएको सहजै भन्न सकिन्छ ।

किनभने यहाँको चलन अनुसार पहिले राजधानी, त्सपछि तराई, अनिमात्रै भोजपुर, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गाजस्ता पहाडी, हिमाली तथा दुर्गम क्षेत्रको विकासले पालो पाउने हन् । मल्टिमिडिया पद्धतिले गर्दा समाचार उत्पादन र प्रसारणका परम्परागत प्रणाली परिवर्तन हुँदै आइरहेका छन् । यसको क्षेत्र र आवश्यकता फराकिलो बन्दै गएको । पत्रकारितामा समाचार तयार तथा प्रस्तुतीसँग पाठक, स्रोता र दर्शकमा समाचार प्राप्त गर्ने शैली पनि फरक भइसकेको छ । उनीहरुलाई सामाग्री कसरी मन छुने खालको बनाउने भन्ने मल्टिमिडिया पद्धतिका तत्वहरुले भूमिका खेलेको हुन्छ । मानवीय चासोका विषयवस्तु पनि बनेको छ ।

कथावस्तुहरुलाई कसरी चाखलाग्दो बनाउने र बाहिर ल्याउने भन्नेमा सीपको भर पर्छ । पहिले पत्रपत्रिका पढ्न पाउनु पनि ठूलो अवसर मानिन्थ्यो भने, अहिले रेडियो, टिभी सुन्न र हेर्नसमेत छाडिएको छ । अनलाइनमार्फत श्रव्यदृश्य माध्यम प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसको आवश्यकता, माग र चाहना पनि बढिरहेको छ । आममानिस क्षणभरमै खबर थाहा पाउन चाहन्छन् । (संहिता नामक पुुस्तकबाट)

सम्बन्धित समाचार

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ फाल्गुन ७, ०६: ४४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७४ फाल्गुन ७, ०६: ४४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०७४ फाल्गुन ७, ०६: ४४

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...