
नयाँ विकल्प,
काठमाडाैं – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ ।
नेपाली सेनाकाे विशेष हेलिकाेप्टरबाट नरवणे सगरमाथाकाे दृश्यावलोकनका लागि जानेछन् र केही समयकाे सगरमाथा नजिककाे बसाइपछि उनी सेनाकै हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।
शुक्रवार विहान नरवणे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको भएपनि नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले गाेप्य राखेकाे छ ।
भारतीय सेनाध्यक्ष नरवणे मात्र हाेइन, उनीअघिका सेनाध्यक्ष पनि नेपाल भ्रमणकाे क्रममा हिमाली क्षेत्रकाे भ्रमण राेज्दथे ।नेपालका लागि भारतीय राजदूत भएर आउने हरेकले पदभार ग्रहण गर्दा नगर्दै उत्तरी क्षेत्रकाे पदयात्रा र हिमालकाे अवलाेकन गर्छन् ।
सैन्य अधिकारी र कुटनीतिक क्षेत्रका भारतीयहरूकाे लागि नेपाली हिमाली क्षेत्रकाे भ्रमण व्यक्तिगत र अनाैपचारिक प्राय हुने गर्छ । तर उत्तरी मुलुक चीनले भने यसलाइ संसयपूर्ण नजरले हेर्ने गरेकाे छ ।
नेपाली सेनका प्रवक्ता सहायकरथी सन्ताेषबल्लभ पाैडेलले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेकाे सगरमाथा भ्रमण अनाैपचारिक रहने र माैषम अनुकुल रहेमा मात्र भ्रमण हुनसक्ने बताए ।
‘याे भ्रमण अनाैपचारीक रहने भएकाले शुक्रबार विहानकाे माैषम अनुकुल रहेमा मात्र भ्रमण हुनसक्छ अनाैपचारीक भ्रमण भएकाले सेनाकाे भ्रमण तालिकामा याे समावेश गरिएकाे छैन्’ । पाैडेलले नयाँ विकल्पसँग भने ।
खुम्बुमा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने बताइएकाे छ । समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर अग्लो स्थानमा रहेकाे यस होटलबाट सगरमाथा नजिकबाट देख्न सकिन्छ ।
२०७३ चैत्रमा नेपाल भ्रमणमा आएका भारतका २६ औं सेनाध्यक्ष विपिन रावतले उत्तरी सिमाना मुस्ताङकाे गाेप्य भ्रमण गरेका थिए । जुन भ्रमण पछि विवादमा समेत परेकाे थियाे । भारतीय सुरक्षा निकायकाे उत्तरी सिमाना नजिककाे भ्रमणलाइ अर्काे छिमेकी मुलुक चीनले चासाेकाे रूपमा हेर्दै आएकाे छ ।
रावतलाई २०७३ चैत्र २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्। त्यसअघिका भारतीय सेनाध्यक्ष दलवीर सिंह, विक्रम सिंह, विजय कुमार सिंह लगायतले समेत नेपाल भ्रमणका बेला उत्तरी हिमालकाे अवलाेकनकाेलागि रूचि राखेकाे बताइन्छ ।
उत्तरी छिमेकीकाे आशंका भारत र चीनवीच लामाे समयदेखि तिक्ततापुर्ण सम्बन्ध रहदै आएकाे छ । सिमाना विवादमा दुइ पक्षका सेनाबीच पटक पटक झडप हुनेगरेकाे छ ।
गत असारमा भारतीय र चिनियाँ सेनाविचकाे झडपमा लद्दाखमा २० भारतीय सैनिककाे मृत्युपछि दुइदेश विचकाे सम्बन्ध अझ चिशाे बन्दै गएकाे छ । चीनले आफ्नाे स्वासासित भूमि तिब्बत बिरूद्द भारतले उक्साहटपुर्ण भूमिका खेलेकाे आराेप लगाउँदै आएकाे छ ।
सन् १९७४ मा स्वतन्त्र तिब्बतकाे लागी खम्पा बिद्राेहिहरूले नेपालकाे भूमि प्रयोग गरी चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध गरेसंगै चीन साे क्षेत्रमा हुने विदेशी सुरक्षा निकायकाे भ्रमणसंग शसंकित हुने गरेकाे छ ।
सन् १९७४ मा नेपाली भूमि प्रयोग गरी तिब्बती खम्पाहरूले चिनीया सेनाविरूद्ध गरेकाे गुरिल्ला युद्धमा तत्कालीन भारतीय संस्थापन पक्ष र भारतीय सेनाकाे सहयाेग रहेकाे आराेप चीनले निरन्तर लगाउँदै आएकाे छ ।
विसं २०२० को दशकमा चिनियाँ फौजसँग लडाइकालागि खाम्पा विद्राेहीलाइ लड्न भारतीय सेनाले तालिम र सेल्टर तथा हातहतियार उपलब्ध गराएकाे चिनीयाँ पक्षकाे दाबी छ । सोलोखुम्बु ,रसुवा, रामेछाप, सिन्धुपालाञ्चाेकमा चिनियाविरूद्द क्याम्प नै खडा गरिएकाे थियाे, जसलाइ नेपाली सेना सैन्य शक्तिबाट खाम्पा विद्राेह दबाउन सफल भएकाे थियाे ।
नेपालसंग सिमाना जाेडिएका दुइ छिमेकी मुलुक चीन र भारतबीच हुने सैन्य कारवाहिकाे लागि नेपालका हिमाली जिल्ला सैन्य रणनीतिकाे लागि महत्वपूर्ण मानिन्छन् । दुइ देश विचकाे गाेप्य सूचना आदान – प्रदानदेखि निगरानी बढाउन दुवै देशकालागि महत्वपूर्ण क्षेत्रकाे रूपमा रहेकाे उत्तरी क्षेत्रकाे भ्रमणलाइ भारतले विशेष महत्व दिने गरेकाे सुरक्षाका जानकारहरू बताउँछन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...