
काठमाडौं– धादिङबाट लामाे समयदेखि पत्रकारिता पेशामा संलग्न भएका पाका पत्रकार सीताराम प्रसाद बर्माको आज बिहान ७९ वर्षका उमेरमा निधन भएको छ ।
किष्ट मेडिकल कलेज ग्वार्काे ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेका थिए ।
राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता समेत रहेका बर्मा नेपाल प्रेस युनियन धादिङका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति समेत भएका थिए ।
बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उनी राजधानीबाट प्रकाशित स्पेशटाइम दैनिकदेखि स्थानिय पत्रपत्रिकामा पनि अावद्ध थिए ।
गोरखा पुख्र्याैली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...