कोरोनाबाट विश्वभर १२ लाख ५० हजार बढीको मृत्यु, – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कोरोनाबाट विश्वभर १२ लाख ५० हजार बढीको मृत्यु,

वासिङ्टन– एएफपी, चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ ।

अमोरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ ।

यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७७ कार्तिक २३, १५: ५३

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ कार्तिक २३, १५: ५३

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ कार्तिक २३, १५: ५३

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...