बालुवाटारमा सुरू भएकाे २० मिनेटमै सकियाे, नेकपा सचिवालय बैठक – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

बालुवाटारमा सुरू भएकाे २० मिनेटमै सकियाे, नेकपा सचिवालय बैठक

नयाँ विकल्प,

काठमाडाैं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर ३ गतेकालागि सरेकाे छ । बालुवाटारमा सुरू भएको छ बैठकमा कुनै पनि विषयमा छलफल नगरी सकियाे । शुक्रबार अपरान्ह पाैने पाँच बजेपछि बैठक सुरू भएको थियाे ।

बैठकमा प्रधानमन्त्री ओली सहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम नारायणकाजी श्रेष्ठ इश्वर पाेखरेल, रामबहादुर थापा बादल , र विष्णु पाैडेल सहभागी थिए अनौपचारिक रूपमा पार्टी कार्यालयमा उपस्थित असन्तुष्ट पक्षकाे बैठकले सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरे पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने बैठक टार्दै आइरहेका छन् ।

पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ। ओली-प्रचण्डले एक अर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आइरहेको छ। जसले गर्दा दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढ्दै गइरहेको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ कार्तिक २८, १७: ३७

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ कार्तिक २८, १७: ३७

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ कार्तिक २८, १७: ३७

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...