
कायरो– इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरिएको इजिप्टको सेनाले शनिबार घोषणा गरेको छ । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ ।
गत वर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका कमान्डो सैनिक र लडाकू बिमान सहित संयुक्त सैन्य अभ्यास भइरहेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानमाथि लाग्दै आएको आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो ।
अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो । अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो । इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी “नाइलको इगल–१” नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ ।
सैन्य अभ्यासका क्रममा सैन्य कारबाहीसँग सम्बन्धित योजना निर्माण र कारबाहीसँग जोडिएको क्रियाकलापका साथै खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ । इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिएका छन् ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...