अमेरिकी राष्ट्रपति ट्रम्पले बाइडेनको ‘जित’ स्विकार गरे – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अमेरिकी राष्ट्रपति ट्रम्पले बाइडेनको ‘जित’ स्विकार गरे

नयाँ विकल्प

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन् ।
निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो आशय प्रकट गरेका हुन् । उनले निर्वाचनमा धाँधली भएकाले बाइडेनले जितेको भनिएको आशय व्यक्त गर्दै आफ्नो दावीबाट भने आफु पछाडि नहटेको उल्लेख गरेका छन् ।
बाइडेनको नाम उल्लेख नगरी ट्रम्पले “उनले जितेको” भन्ने शब्दावलीको प्रयोग गरेका छन् । यनकाे को यो लेखाइलाई बाइडेनको जितलाई स्वीकार्नु पर्ने बाध्यतालाई ट्रम्पले महसुस गरेको रुपमा बुझिएको छ ।
ट्रम्पले ट्विटकम भनेका छन् , “उनले झुट सञ्चार माध्यमको आँखामा मात्रै जित हासिल गरेको हो, निर्वाचनमा धाँधली भएको छ, अत्यमा हामीले नै जित्ने मलाई विश्वास छ, हामी धेरै टाढा जानुछ ।” उनले राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने दाेहाेर्याएका थिए । जबकि गत शुक्रवार पनि निर्वाचन आयोगका अधिकारीहरूले अमेरिकी इतिहासमै सुरक्षित निर्वाचन भएको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको बताएका थिए ।
ट्रम्पले केही राज्यहरूमा भएको निर्वाचनमा धाँधली भएको भनेर केही ठाउँमा निवेदन पनि गरेका थिए । ती उजुरीहरुमा पर्याप्त प्रमाणहरु नपुगेको भन्दै न्यायाधीशहरूले उजुरी खारेज गरिदिएका थिए । तर पनि उनले धाँधली भएको भन्न छाडेका थिएनन् । निर्वाचन आयोगका अनुसार कुल २७० इलेक्टोरल मत प्राप्त गरेमा विजयी हुनेमा ३०६ इलेक्टलर कलेज मत प्राप्त गरेर बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।
आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको माग अनुसार मतगणना गरेपनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ । मत सङ्ख्याका आधारमा पनि ट्रम्पले भन्दा बाइडनले ५० लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।
निर्वाचित हुन आवश्यक सवै प्रक्रिया र प्रमाणहरु पुरा हुँदा पनि बाइडेनको जितलाई ट्रम्पले नस्वीकार्दा अमेरिकी राजनीतिमा केही त्रास र आशंका भने अझै पनि कायमै रहेको छ । अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि नोभेम्बर महिनामा निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नयाँ नेतृत्व ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७७ मंसिर १, १९: ४०

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ मंसिर १, १९: ४०

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ मंसिर १, १९: ४०

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...