
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
नेकपाको शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली निकटका सचिवालय सदस्य ईश्वर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सार्बजनिक अपिल गरेका थिए ।
ओलीको भावना बमोजिम नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावप्रति आपत्ति जनाउँदै सो प्रस्ताव फिर्ता लिनु पर्ने धारणा सार्वजनिक भएसँर्ग नेकपामा बिबाद चुलिएको थियो ।
प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि राजनीतिक प्रस्तावको नाममा आरोप लगाएकाले त्यस्तो प्रस्ताव फिर्ता नलिएसम्म सचिवालय बैठक बस्न नसक्ने ओली पक्षधर नेताहरुले दाबी गरिरहँदा बुधबार भने बालुवाटारमै डाकिएको बैठकमा ओली उपस्थित भएका छन् ।
यसअघि प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा ओलीससहित इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’अनुपस्थित हुने गर्दथे । बुधबार बालुवाटारमा बोलाइएको बैठकमा भने सबै ९ जना सचिावालय सदस्यको उपस्थिति थियो ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...