नेकपा सचिवालय बैठक कुनै निर्णय नगरी एक घण्टामै सकियो – Naya Bikalpa
June 29, 2026, Monday      Epaper

नेकपा सचिवालय बैठक कुनै निर्णय नगरी एक घण्टामै सकियो


नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक कुनै निर्णय नगरी एक घण्टा बसेर सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टामा कुनै निर्णय नगरी आगामी मंसिर १३ गते बस्ने गरी सकिएको छ ।

यसअघि कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै ओलीपक्षधर नेताले माग गरेका थिए ।

तर, प्रचण्ड पक्षधर नेताहरुले शुक्रबार पेश भएको १९ बुँदे राजनीतिक प्रतिवेदन प्रचण्डसहित सचिवालयका ५ जना (बहुमत) सदस्यकै धारणा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि ओली मंगलबार प्रचण्डले बोलाएको सचिवालय बैठकमा आउन बाध्य भएका थिए ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरी ओली बैठकमा उपस्थित भएपनि प्रस्तावको विषयमा ओलीले कुनै अभिव्यक्ति नदिएको बालुवाटार स्रोतले जनायो ।

९ सदस्यीय सचिवालय बैठकमा पाँच जना प्रचण्डको पक्षमा प्रत्यक्ष रुपमा देखिएका छन् भने गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल अप्रत्यक्ष रुपमा उभिएका छन् ।

आफू अल्पमतमा परेपछि ओली मंगलबारको बैठकलाई झारा टार्ने गरी मन्त्रिपरिषद् बैठक छ भन्दै बाहिरन हतारिएपछि आगामी मंसिर १३ गतेसम्मको लागि बैठक सारिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको दौडधुपले प्रचण्ड र उनी पक्षधर नेतालाई समेत गलाएको हुनसक्ने राजनीतिक बृत्तमा आंकलन गरिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७७ मंसिर ३, १५: ३०

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७७ मंसिर ३, १५: ३०

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७७ मंसिर ३, १५: ३०

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...