
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक द्वन्द्व चर्किरहेको बेला उत्तरी छिमेकी मुलुक चीनकी राजदूत होउ यान्छीले दाहाललाई भेटेकी छन् ।
पार्टीको आन्तरिक द्वन्द्व चर्किएर विभाजनको संघारमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीको राजनीतिक दौडधुप र सक्रिययतालाई देशको आन्तरिक मामिला र पार्टीको आन्तरिक जीवनमा हस्तक्षेप गरेको भनेर आलोचना भइरहेको छ ।
नेपालका लागि चिनियाँ राजदूत यान्छीले कुटनीतिक मर्यादालाई मिच्दै गत कात्तिक २ गते मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् । त्यसअघि यान्छीले राष्ट्रपति भण्डारीसँग पनि भेट गरेकी थिइन ।
यान्छीको गत मंगलबारको भेटपछि नेकपाको सम्भावित विभाजन टरेको राजनीतिक बृत्तमा चर्चा छ । चिनियाँ राजदूत यान्छीले गत साता मात्र नेकपामा बरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमन्त्री झलनाथ खनालसँग भेट गरी पार्टी बिभाजन रोक्न हस्तक्षेप गरेकी थिइन् ।
यान्छीकै आग्रहपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालयको गत साताको बैठकमा सहभागी भएका थिए । कार्यकारी अध्यक्ष दाहालले राजनीतिक प्रस्तावको नाममा आफूलाई मानमर्दन गरी गम्भीर आरोप लगाएको भन्दै ओलीले सो प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडान लिएका थिए ।
दाहालको आरोप पत्र फिर्ता नलिएसम्म नेकपा सचिवालय बैठकमा सहभागी नहुने अडान लिएका दाहाल यान्छीको आग्रहपछि सचिवालय बैठकमा उपस्थित भएका थिए । प्रधानमन्त्री ओली ताप्लेजुङ गएको मौकामा यान्छीले सोमबार बिहान दाहालको निवास खुमलटार गएर लामो कुराकानी गरेका थिए ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...