उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु – Naya Bikalpa
April 28, 2024, Sunday

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरेको र त्यसबाट अरु चारजना गम्भीर घाइते भएको बताएको छ ।

अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोही विरुद्ध सैनिक कारबाही गरिरहेको छ ।

रिपोर्टहरु अनुसार सरकारी फौजको उपस्थिति अफगानिस्तानका शहरी इलाकाहरुमा बढी देखिएको छ तर ठूलो भू–भागको ग्रामीण इलाकामा तालिबानी समूह सक्रिय छ । ग्रामीण क्षेत्रमा संगठित रहेका तालिबानीहरुले बेलाबेला शहरी इलाकाहरुमा भिषण आतंकवादी हमलाहरुले गर्ने गरेका छन् । (रासस– सिन्ह्वा)

सम्बन्धित समाचार

पत्रकार महासंघमा शुद्धिकरण जरुरी
पत्रकार महासंघमा शुद्धिकरण जरुरी
  • २०७७ मंसिर ९, १४: ३५

काठमाडौं। आमसंचार माध्यममा क्रियाशिल संचारकर्मीहरुको साझा संगठन नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको सरोकारवालाहरुले जनाएका छन्। नेपाल पत्रकार महासंघ...

नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
  • २०७७ मंसिर ९, १४: ३५

काठमाडौं। नेपालमा जलविद्युत् मात्रै नभएर हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादन संसारकै सस्तो भएकाले यसमै लगानी र प्रयोगमा जोड...

किसान महासंघद्वारा शुभकामना कार्यक्रम
किसान महासंघद्वारा शुभकामना कार्यक्रम
  • २०७७ मंसिर ९, १४: ३५

काठमाडौं । नेपाल किसान महासङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ वर्ष २०८१को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।...