सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु – Naya Bikalpa
May 16, 2024, Thursday

सुर्खेतमा भीरबाट खसेर राउटे युवकको मृत्यु

नयाँ विकल्प

सुर्खेत – भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ।सुर्खेतकाे चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो।

उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको हो प्रहरीले जनाएको छ। तर उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एकमात्र राउटे समुदायमा १४५ जना सदस्य थिए।

ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य छन्। हाल उनीहरू चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन्।

सम्बन्धित समाचार

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७७ मंसिर १०, १३: ३२

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...

कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
  • २०७७ मंसिर १०, १३: ३२

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नहुँदा राष्ट्रियसभाको विहीबारको...

छानविन समिति बनाउन सत्तापक्षको इन्कार, आज पनि कांग्रेसले संसद अबरोध गर्ने
छानविन समिति बनाउन सत्तापक्षको इन्कार, आज पनि कांग्रेसले संसद अबरोध गर्ने
  • २०७७ मंसिर १०, १३: ३२

काठमाडौं। सत्तापक्ष गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगीका विषयमा छानबिन समिति बनाउन तयार नभएपछि आज पनि संघीय संसदका दुबै सदन अबरुद्ध...