प्युठानबाट बिरामी लिएर काठमाडाैं आउँदै गरेकाे भ्यान त्रिशुलीमा खस्याे, दुइकाे मृत्यु – Naya Bikalpa
May 16, 2024, Thursday

प्युठानबाट बिरामी लिएर काठमाडाैं आउँदै गरेकाे भ्यान त्रिशुलीमा खस्याे, दुइकाे मृत्यु


नयाँ विकल्प
काठमाडाैं- त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ। गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको प्रहरीले जनाएकाे छ ।

शसस्त्र प्रहरी बलकाे गोताखोर टोली परिचालन गरी शव निकालिएको हो। प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो। भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने बेपत्ता तीन मध्ये दुई जनाको शव फेला परेको छ।

गाडीमा ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का पनि थिए। प्रहरीकाअनुसार भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ। उक्त भ्यानलाई नदीले पुरै डुबाएको थियो। पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०७७ मंसिर ११, १०: ५०

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०७७ मंसिर ११, १०: ५०

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०७७ मंसिर ११, १०: ५०

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...