प्युठानबाट बिरामी लिएर काठमाडाैं आउँदै गरेकाे भ्यान त्रिशुलीमा खस्याे, दुइकाे मृत्यु – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

प्युठानबाट बिरामी लिएर काठमाडाैं आउँदै गरेकाे भ्यान त्रिशुलीमा खस्याे, दुइकाे मृत्यु


नयाँ विकल्प
काठमाडाैं- त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ। गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको प्रहरीले जनाएकाे छ ।

शसस्त्र प्रहरी बलकाे गोताखोर टोली परिचालन गरी शव निकालिएको हो। प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो। भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने बेपत्ता तीन मध्ये दुई जनाको शव फेला परेको छ।

गाडीमा ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का पनि थिए। प्रहरीकाअनुसार भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ। उक्त भ्यानलाई नदीले पुरै डुबाएको थियो। पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ मंसिर ११, १०: ५०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर ११, १०: ५०

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ मंसिर ११, १०: ५०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...