नेपाल भारत एक अर्काकालागि अपरिहार्य : भारतीय विदेश सचिव हर्षवर्द्धन – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

नेपाल भारत एक अर्काकालागि अपरिहार्य : भारतीय विदेश सचिव हर्षवर्द्धन


नयाँ विकल्प
काठमाडाैं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने बताएका छन्।

शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर्सले आयोजना कार्यक्रममा नेपाल-भारत सम्बन्धबारे प्रवचन दिँदै श्रींगलाले भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताए। उनले आधुनिक र मध्यम आए भएको मुलुक बनाउने भारतको सपना रहेको बताए। ‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं।

हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने,‘हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्न। हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक-अर्कामा निर्भर छौं, एक-अर्कालाई चाहिन्छौं।’

उनले भारतको बजार नेपाली कम्पनीहरूका लागि सधैँ खुला रहेको र नेपालको जलविद्युत दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने तर्क गरे। प्रवचनका क्रममा उनले भारतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनेपछि राजनीति र कूटनीतिक रूपमा दुई देशबीच भ्रमण बढेको र त्यसले सम्बन्धलाई मजबुद् बनाएको बताए।

परम्परागत सम्बन्धदेखि २०७२ को भूकम्प र अहिलेको कोरोनाभाइरसमा पनि भारतले नेपाललाई सक्दो सहयोग गरेको बताए। उनले भारतमा अहिले पाँच वटा कोरोना खोपको अनुसन्धान भइरहेको बताए। भारत संसारकै ठूलो खोप उत्पादक भएकाले कुनै खोपले स्वीकृति पाउनासाथ उत्पादन हुने खोपमा नेपालको आवश्यकतालाई प्राथमिकता दिइने उनले आश्वासन दिए।

नेपालीमा प्रवचन सुरू गरेका श्रींगलाले नेपालीमै अन्त्य गरेका थिए। बिहीबार नेपाल आएका श्रींगलाले हिजै महत्वपूर्ण राजनीतिक र कूटनीतिक भेटवार्ता गरेका छन्। उनी आज गोरखामा र मनाङ पुगेर भारतीय सहयोगमा पुनर्निमार्ण भएका विद्यालय, निजी घर र गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। श्रींगला आजै स्वदेश फर्किने छन्।

सम्बन्धित समाचार

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर १२, १२: ३९

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ मंसिर १२, १२: ३९

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ मंसिर १२, १२: ३९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...