काठमाडौं । सन्त नेता कृष्णप्रसाद भट्टराईको सातौं स्मृति दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी हिजो मनाएको छ । वि.सं. १९८१ पुसमा जन्म्एिका भट्टराईले आप्mनो पूरै जीवन नेपाली राजनीतिको लागि समर्पण गरेका थिए । ६ दशक लामो समयसम्म सकृय रुपमा राजनीतिमा बिताएका नेता भट्टराईले आप्mनो जिवनको अन्तिम समय भने सन्त भएर बिताए । देशमा प्रजातन्त्र स्थापनाको लागि अहोरात्र खटेका नेता भट्टराईको समर्पण र योगदानको महत्व अहिले बाटो बिराएको कांग्रेसको लागि झनै महत्वपूर्ण भएको छ ।
निस्वार्थ र इमान्दार नेताको रुपमा परिचित नेता भट्टराई २०४६ सालको जनआन्दोलनपछि पुनस्र्थापना भएको प्रजातन्त्रपछि पहिलो अन्तरिमकालिन प्रधानमन्त्री बनेका थिए । त्यहीबेलाको संक्रमणकालिन अवस्थालाई उनले निकै सक्षमतापूर्वक सम्हालेका थिए । तर समयसँगै पार्टीभित्र निष्ठा हराउँदै गएपछि भने उनी निकै दुःखी हुन पुगेका थिए । पार्टीत्रिबाटै अन्तरघात भएता पनि उनले बरु सकृय भएर पार्टीमा लागेनन् तर पार्टीको अहित कहिल्यै चिताएनन् । राणाकालिन् समय र राजतन्त्रको कठोर शासनविरुद्ध सधैँ आवाज बुलन्द पारेका नेता आप्mनो अन्तिम समयसम्म भने संवैधानिक राजतन्त्रको पक्षमा रहे ।
पार्टीले गणतन्त्र स्वीकार्ने भएपछि उनी पार्टीमा सकृय हुन छाडेका थिए । आप्mनो एजेण्डा भन्दा पार्टीको एजेण्डा फरक भएपछि उनले आप्mना पछिल्ला दिनहरु वाडेगाउँस्थित आश्रममा बिताएका थिए । सधैँ निष्ठाको राजनीति गरेरका किसुनजीले राजनीतिक संस्कार छोडेर गएका छन् । अहिंसात्मक आन्दोलनबाट नै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ संकल्प लिएका भट्टराई २०६७ फागुन २० गते यस धर्तीबाट बिदा भए । उनीप्रति हाम्रो श्रद्धासुमन ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...