
नयाँ बिकल्प,
काठमाडौं – निजी क्षेत्रको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी आजबाट शेखर गोल्छाले सम्हालेका छन् ।
महासंघको बिधान अनुसार वरिष्ठ उपाध्यक्ष नैं अधिवेशनपछि अध्यक्ष हुने नियम अनुसार गोल्छा आजबाट अध्यक्ष भएका हुन् । महासंघको नेतृत्वको लागि आज शनिबार मतदान हुँदैछ ।
आजको अधिवेशनबाट जसले बरिष्ठ उपाध्यक्ष जित्छ उही नैं भावी अध्यक्ष हुने भएकाले महासंघको. बरिष्ठ उपाध्यक्षमा किसोर प्रधान र चन्द्र ढकालले दुईं समूह बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रधान नेतृत्वको प्यानललाई शेखर गोल्छाले नै सहयोग गरेकोले उनको पक्षमा माहौल बनको उद्योगी व्यवसायीहरुले बताएका छन् । प्रधान समूहको बस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एसोसिएटतर्फको.उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला,नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् ।

उता ढकालको समूहमा भने उमेशलाल प्रधान, गुणनीति तिवारी र रामचन्द्र संघई क्रमश बस्तुगत, एसोसिएट र जिल्ला नगरतर्फकाउ उपाध्यक्षमा प्रतिष्पर्धामा छन् । महासंघको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष चयनका लागि शनिबार मतदान भएको हो ।
त्यसैगरी, जिल्ला नगरबाट १८ जना सदस्य चयन गर्नु पर्ने भएपनि ३८ जना व्यवसायी प्रतिष्पर्धामा छन् । प्रत्येक प्रदेशबाट एक जना सदस्य हुने व्यवस्था छ । प्रदेश १ बाट भने ढकाल समूहका राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन् ।
बस्तुगतबाट १४ जना सदस्यको लागि २८ जना, एसोसिएटतर्फबाट १९ जनाको लागि ३१ जना प्रतिष्पर्धामा छन् ।
आजबाट महासंघको अध्यक्षको जिम्मेवारी पाउँदैं गरेका शेखर गोल्छाले आफूले समर्थन गरेका किशोर प्रधान समूहले चुनाव जितेमा सबैलाई जिम्मेवारी दिने बताएका छन् ।

प्रधान समूहका उम्मेदवार र मतदातालाई संवोधन गर्ने क्रममा गोल्छाले भोलीका दिनमा सिएनआइ वा चेम्वर अफ कमर्शंंले के भन्ला भनेर आफू उनीहरुको निर्णय पर्खेर नबस्ने बताए ।
गोल्छाले महासंघको चुनावी प्रतिष्पर्धा उद्योग र व्यवायीको पक्षमा कसरी सहज वातावरण बनाउने भन्दै उदेृश्यका लागि भएको जनाउँदै चुनाव भएपछि जित्नेहरुले राजनीतिक गर्न नजाने स्पस्ट पारे । उनले महासंघको निर्वाचन राजनीति गर्न नभएर व्यसायीको हक हितको पक्षमा काम गर्नका लागि भएको. स्पस्ट पारे ।
उनले चुनावी प्रतिष्पर्धा सम्पन्न भएपछि सबै व्यवसायीले आफ्नो व्यवसाय गर्ने भएकाले यसलाई राजनीतिक संग दिन वा राजनीति गर्ने फोृरम नसम्झन पनि आव्हान गरे ।

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...