

नयाँ विकल्प
काठमाडाैं – केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइवी)ले बाल याैनदुराचारी फ्रेन्च नागरिक ६० बर्षीय क्रिस्टियन सेर्गे हेनरी नाेउगारेटलाइ पाेखरबाट पक्राउ गरेकाे छ । सिआइवीका अनुसार नेपालमा बसेका उनीलाइ बाल यौनदुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकाे हाे ।
सिआइवीकाे विशेष टाेलीले उनलाइ साेमबार पोखरा महानगरपालिका -१७ बिरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट पक्राउ गरेकाे हाे । कम्पूटर इन्जिनिर समेमत रहेका उनी गैरकानुनी रूपमा बस्दै आएकाे थिए ।
१२ एएक्स २६६७९ राहदानी नम्बर वहाक उनकाे भिषा म्याद समेत सकिएकाे छ । सिआइवीका अनुसार ती विदेशी नागरिकले १२ बर्ष, ८ बर्ष र ७ बर्षका गरी ३ जना नावालकलाई बाल यौनदुरुपयोग/शोषण गरीरहेको अवस्थामा फेला परेपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाे सहयाेगमा क्रिस्टियन सेर्गेलाइ पक्राउ गरिएकाे हाे । उनीबाट पीडित बनेका तीन नावालकलाई उद्धार समेत गरीएकाे छ ।
पक्राउ परेका क्रिस्टियन सेर्गे हेनरी नाेउगारेटउपर बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउने प्रयोजनार्थ आजै निजलाई जिल्ला प्रहरी कार्यालय कास्की,पोखरामा बुझाईएको छ । उद्धार गरिएका नाबालकलाई निजहरुको अभिभावकलाई जिम्मा लगाइएको सिआइवीले जनाएकाे छ ।
काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...