पौडेल पक्राउपछि देउवाको आव्हान देशब्यापी प्रतिरोधमा उत्रनु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पौडेल पक्राउपछि देउवाको आव्हान देशब्यापी प्रतिरोधमा उत्रनु


नयाँ बिकल्प,

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता रामचन्द्र पौडेललाई तनहुँको व्यास नगरपालिका वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुल उद्घाटनको क्रममा प्रहरीले पक्राउ गरेको घटनाको बिरोधमा देशव्यापी प्रतिरोधमा उत्रन आव्हान गरेका छन् ।

कांग्रेसमा पालामा निर्माण सम्पन्न भए स्थानिय उपभोक्ता समितिले सर्बसम्मत निर्णयबाट निमन्त्रणा गरेकाले पुल उद्घाटन गर्न गएका पौडेलमाथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको जनाउँदै देउवाले कार्यकर्तालाई प्रतिरोधमा उत्रन आव्हान गरेका हुन् ।

सरकारको सो ब्यवहार निन्दनिय भएको जनाउँदै देउवाले तत्काल पौडेललाई रिहा गर्न माग गरे । उनले अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

‘बर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा यो घटना भएको हो । यो अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्न चेतावनी दिन चाहन्छु’, सभापति देउवाद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।

नेता पौडेललाई गिरफ्तार गरिएको घटनाको नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य भ्रातृ तथा शुभेच्छुक संघ संस्था र नागरिक समाजका अगुवाहरुले घोर आपत्ति र निन्दा व्यक्त गरेका छन् । उनीहरुले यो घटनालाई केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायकबादी क्रियाकलापको शुरुआत भएको जनाएका छन् ।

यसैबीच कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघले नेता पौडेलको गिरफ्तारीको निन्दा गर्दै सरकारको अधिनायकबादी चरित्रको बिरुद्ध भन्दै बुधबार साँझ साडे ५ बजे माइतिघर मण्डलामा बिरोध प्रदर्शन आयोजना गरेको छ ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ मंसिर १७, १७: १६

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ मंसिर १७, १७: १६

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर १७, १७: १६

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...