
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका यूवा नेता तथा तरुण दल विभाग प्रमुख शंकर भण्डारी र केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष प्रदिप पौडेल दमौली पुगेर पार्टीका कार्यकर्ता परिचालन गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँ निषेधाज्ञा जारी गर्ने निर्णयबाट पछि हटेको छ ।
सरकारी हस्तक्षेपका कारण व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल बुधबार उद्घाटन गर्न नपाएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको समर्थनमा दमौलीमा जनसागर उर्लिएपछि प्रशासन पछि हट्न बाध्य भएपछि पौडेलले बिहीबार उद्घाटन गरेका छन् ।

तनहुँबाट निर्वाचित सत्तारुढ नेकपाका सांसद किसान श्रेष्ठको दबाब र निर्देशनमा बुधबार बुल्दी खोलाको पुल क्षेत्रमा बिना आधार निषेधाज्ञा जारी गर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी युवा नेता शंकर प्रदिपले पार्टी कार्यकता र युवाहरु व्यापक परिचालन गर्ने सूचना पाएपछि पछि हटेका थिए ।
नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने उदेश्यले सांसद श्रेष्ठले केही गुण्डा परिचालन गरी जिल्ला प्रशासन कार्यालय घेराउनको नाटक रचेका थिए भने जिल्ला प्रशासन कार्यालय तनहुँले सोही बहानामा निषेधाज्ञा जारी गरेको थियो ।

पौडेललाई प्रहरी लगाएर गिरफ्तार गर्न सफल भएको भन्दै हौसिएका सांसद श्रेष्ठ बिबादित पात्र हुन् । गत बर्ष समाजवादी पार्टीका सांसद सु्रेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौंमा ल्याउने भूमिका खेलेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
प्रधानमन्त्री केपी शार्मा ओलीको संरक्षण र दबाबमा महानगरिय प्रहरी परिसर काठमाडौंले सो अपहरणको निवेदन दर्ता गर्न मानेको थिएन । सरकारकै दबाबका कारण अपहरणको अभियुक्त हुनबाट बचेका श्रेष्ठले कांग्रेसका नेता र कार्यकर्ताको मनोबल गिराउन र आफ्नो हैकम देखाउने उदेश्यले प्रहरी र कार्यकर्ता एकसाथ परिचालन गरेका थिए ।
पौडेलसँगै पुल उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु भण्डारी, पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत सहभागी थिए ।

नेकपाले बुधबार पुल उद्घाटनविरुद्ध दमौलीमा प्रदर्शन गरेको थियो । प्रहरीले नियनत्रणमा लिएर पौडेललाई बेलुकी मात्र छाडेको थियो । पौडेलले आफूलाई प्रहरीले लछारपछार गर्दा आफूलाई शरिरका विभिन्न भाग दुख्न थालेको बताएका छन् ।
पुल उद्घाटनपछि नेता पौडेलले फेसबुकमा ‘लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेस माथिको घोर अपमान र अत्याचारप्रति खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहनेछ’ भनी जनाएका छन् ।

पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरित तनहुँको कार्यक्रम रोक्ने काम भएको पनि बताएका छन् । उनले घटना गराउन सघाउने नेकपाका नेता, कर्मचारी, प्रहरी र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...