अमेरिकी राष्ट्रपतीय निर्वाचन: जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन ट्रम्पले दिए दबाव – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अमेरिकी राष्ट्रपतीय निर्वाचन: जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन ट्रम्पले दिए दबाव


नयाँ विकल्प
काठमाडाैं-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन्।एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गरेका छन्। ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन्।

राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन्। उनले कुनै प्रमाणविनै बाइडनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन्। उनले विभिन्न राज्यहरूमा कानुनी चुनौती दिएका छन् तर लगभग सबै ती चुनौतीहरू असफल भएका छन्। यो चुनावमा जोर्जिया एउटा मुख्य प्रतिस्पर्धात्मक राज्य रहेको थियो। त्यहाँ बाइडनले झीनो मतान्तरले चुनाव जितेका छन्।

सन् १९९२ पछि उक्त राज्यमा डेमोक्र्याटिक उम्मेदवारले चुनाव जितेको यो पहिलोपटक हो। अब त्यहाँ सिनेटमा कब्जा गर्नका लागि दुई पार्टीबीच कडा राजनीतिक प्रतिस्पर्धा हुन गइरहेको छ। यदि उक्त राज्यमा ज्यानुअरीमा हुने पुन: मतदानमा डेमोक्र्याटले जितेमा रिपब्लिकनले अमेरिकी माथिल्लो सदनमा आफ्नो नियन्त्रण गुमाउने छन्। वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले केम्पलाई शनिवार बिहान फोन गरेर मतपत्रहरूको हस्ताक्षरको परीक्षण गर्न माग गर्न भनेका थिए।

तर त्यस्तो निर्देशन दिने अधिकार नभएका केम्पले उक्त अनुरोधलाई अस्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै उक्त पत्रिकाले लेखेको छ। ट्रम्पले चुनावभरि हुलाकबाट गरिने मतदानमा धेरै धाँधली भएको बताउँदै आएका छन्। तर त्यसको कुनै प्रमाण दिन सकेका छैनन्।
ट्विटरमा सवालजबाफ
ट्विटरमा उनले लेखेका छन्, “यदि गभर्नर केम्प अथवा विदेशमन्त्रीले हस्ताक्षरको रुजू गर्न दिने हो भने म सजिलै र चाँडै जोर्जियामा जित्नेछु। … किन यी दुई रिपब्लिकनले हुन्न भनिरहेका छन्?” केम्पले प्रतिउत्तर दिँदै ट्विटरमै ‘आफूले सार्वजनिक रूपमा हस्ताक्षर जाँच्न तीन पटक आह्वान गरेको’ लेखेका छन्। त्यसलाई ट्रम्पले उत्तर दिँदै लेखेका छन्, “तिम्रा मान्छेहरूले तिमीले भनेकोजस्तो गर्न अस्वीकार गरिरहेका छन्। तिनीहरूले के लुकाइरहेका छन्?” “कमसेकम संसद्को विशेष सत्र त बोलाउ। त्यो तिमी सजिलै गर्नसक्छौँ।” पछि ट्रम्पले आफ्नो चुनाव पछिको पहिले र्‍यालीअघि केम्पले ‘धेरै कठिन काम गर्नुपर्नेछ’ भन्दै अर्को ट्वीट पनि गरेका छन्। त्सयपछि जोर्जियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अझै पनि आफूले चुनाव जित्नसक्ने बताए। बिबिसी

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७७ मंसिर २१, १२: ४०

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ मंसिर २१, १२: ४०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ मंसिर २१, १२: ४०

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...